२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

जमिमका हत्यारा अझै प्रहरीको पहुँचबाहिर

राजधानी समाचारदाता
काठमाडौं २४ फागुन
साचार-उद्यमी जमिम साहको हत्या भएको एक महिना पुग्दा पनि प्रहरीले मुख्य अभियुक्त बब्बु भनिने दीपक शाहीलाई पक्राउ गर्न सकेको छैन । उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत पनि प्रयास
भएको छैन ।
प्रहरीले बब्बुलाई पक्राउ गर्न इन्टरपोलमार्फत खोजी गर्ने बताएको थियो । तर उनकाविरुद्ध अदालतमा मुद्दा दायर नभइकन इन्टरपोलमार्फत् सार्वजनिक गर्न मिल्दैन । प्रहरी प्रशासन अहिलेसम्म सो प्रकि्रयामा समेत पुगेको छैन ।
प्रहरीले साह हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म बहालवाला प्रहरी नायब निरीक्षक प्रकाश क्षेत्री किशोर खड्कालाई पक्राउ गरी अनुसन्धान गरेको छ भने आरोपी पूर्वडीएसपी जगदीश चन्द फरार छन् ।
प्रहरीले अनुसन्धानका क्रममा मोबाइल सिम बिक्रेता रोशन पाण्डे मोटरसाइकल बिक्रेता लक्ष्मण धमलालगायत केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
त्यस्तै बब्बुको मोबाइलमा सम्पर्कमा देखिएका बहालवाला दुई डीएसपी गणेश चन्द र अर्जुन चन्दलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले खोजेको बेलामा उपस्थित हुने शर्तमा कागज गराएर छाडेको छ ।
त्यसैगरी प्रहरीले घटनास्थलमा तत्काल प्रहरी नपुगेको भन्दै लाजिम्पाट बिटमा खटिएका प्रहरी सहायक निरीक्षक लोकेन्द्र पण्डित प्रहरी हवल्दार तुलबहादुर अधिकारी तथा प्रहरी जवानद्वय दूर्योधन यादव र अनिल राईलाई निलम्बन गरेको छ ।
प्रहरी प्रवक्ता विज्ञानराज शर्माले साहको हत्या भएको विषयमा थप छानबिन भइरहेको बताए । शर्माका अनुसार सरकारले गठन गरेको आयोगमार्फत् पनि छानबिन भइरहेको छ भने प्रहरीको टोलीले पनि अभियुक्तहरुलाई खोजिरहेको छ ।
सरकारले पुनरावेदन अदालतका पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ । हाल प्रहरीले बु´ाएको प्रतिवेदनको अध्ययन गर्ने काम भइरहेको समितिले जनाएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी