© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
काठमाडौं÷रास- समाजमा विद्यमान यौन समस्यालाई उठान गरिएको चलचित्र ुपलपलमाुको प्रदर्शन हङकङबाट सुरु भएको छ । यसै साता हङकङका दुई स्थानमा पलपलमाको रिलिज गरिएको निर्देशक उकेश दाहालले राजधानीलाई जानकारी
गराएका छन् ।
ुयसअघि प्रायः सासु बुहारी र अन्य कमजोर कथामा बनेका नेपाली फिल्मभन्दा आफ्नो फिल्मको कथा निकै फरक भएको प्रतिकि्रया हङकङवासीबाट पाउँदा साह्रै खुसी लागेको छु निर्देशक दाहालले राजधानीसँग भने ुपलपलमा हरेपछि नेपाली सिनेमा पनि निकै आधुनिक भएको भनाइ हङकङका दर्शकबाट पाएँ । हङकङमा निकै रुचाइएको यो फिल्मलाई नेपाली दर्शकले कस्तो रुपमा लिन्छन म त्यसैको प्रतीक्षामा छु ।ु
हरिहर आचार्यद्वारा निर्मित यो सिनेमाका केही दृश्यहरु सेन्सर बोर्डले काटेको थियो । तैपनि आफ्नो सिनेमाको प्रस्तुतिमा कत्ति पनि असर नपरेको निर्देशक दाहालले बताएका छन् ।
बेरोजगारीको समस्याले सहरमा बढेको वेश्यावृत्ति मात्र होइन बेरोजगार युवाहरुसमेत बाँच्नका लागि पुरुष वेश्याका रुपमा प्रस्तुत हुन थालेको प्रसंग पनि आफूले यो सिनेमामा समेटेको यी निर्देशकको कथन छ ।
पतिबाट तृप्त हुन नसकेका धनाढँ नारीहरुले त्यस्ता पुरुष वेश्याहरुलाई पाल्ने गरेको तथ्य अनुसन्धानको क्रममा पाएपछि आफूले सो प्रसंगलाई पनि सिनेमामा समेटेको उनले जनाए ।
यो सिनेमा काठमाडौंमा भने आगामी नयाँ वर्षबाट रिलिज हुने छ । तीन ओटा सिनेमापछि आफ्नो सिनेमा राजधानीमा प्रदर्शन हुने पनि निर्देशक उकेश दाहालले बताए । यो फिल्ममा रमित ढुंगाना दीलिप रायमाझी उषा पौडेल सुमन िसंह सुजाता सिटौला रुपा रानासहितका कलाकार छन् ।
Comments0
Leave Comments