© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
खिला कार्की÷राजधानी
काठमाडौं २३ फागुन
संविधानसभाको दोस्रो ठूलो दल कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकलाई खासै महŒव नदिएको पाइएको छ । त्यसैले हुन सक्छ अधिकांश सदस्य पूरै समय बैठकमा बस्दैनन् । केही त आफ्नो भनाइ राखेलगत्तै निस्कन्छन् । उनीहरु अर्काको भनाइ सुन्न फुस्रद पनि निकाल्दैनन् ।
कांग्रेसमा ६० जनाको केन्द्रीय समिति छ । तर बैठकमा ४०-५० जनाभन्दा बढी उपस्थित हुँदैनन् । बैठकमा पूरै अवधि बस्नेको संख्या पनि अत्यन्तै कम छ । केन्द्रीय समितिमा उठेका एजेन्डाबारे निर्णय गर्ने दिन भने अधिकांश सदस्यको उपस्थिति हुने गर्छ । कथंकदाचित त्यस दिन निर्णय हुने छाँट नदेखिए बीचैमा बैठक छाडेर हिँडछन् उनीहरु ।
स्रोतका अनुसार बैठकमा सहभागी हुँदै आएकाहरु हतपत अनुपस्थित हुँदैनन् । उनीहरु बैठकलाई बढी महŒव दिन्छन् । बीचमा बैठक छाड्नेहरुको पनि एउटा समूह छ । उनीहरु नियमितजसो बैठक छाड्ने गर्छन् ।
सभापति गिरिजाप्रसाद कोइराला केन्द्रीय समिति बैठकमा उपस्थित नभएको लामै समय भइसकेको छ । स्वास्थ्यको कारण देखाउँदै उनी बैठकमा उपस्थित नभएका हुन् । केन्द्रीय समितिमा संस्थापक सदस्यका रुपमा कार्यसमितिमा राखिएका नेता कृष्णप्रसाद भट्टराई दुई कांग्रेस एक भएपछिको कुनै बैठकमा सहभागी भएका छैनन् । उनले पार्टी परित्याग गरेको घोषणा गरिसकेका छन् ।
कोइरालाजस्तै स्वास्थ्यका कारण देखाउँदै केन्द्रीय सदस्य बलबहादुर राई पनि अनुपस्थित हुँदै आएका छन् । तर उनी आक्कल-झुक्कल बैठकमा सहभागी हुन्छन् । उनी आफंै निवासदेखि पार्टी कार्यालयसम्म आउन सक्दैनन् । कार्यालयसम्म ल्याउने-लाने मान्छे भेटे भने उनी बैठकमा सहभागी हुन्छन् ।
लामो समय बैठकमा उपस्थित नहुने केन्द्रीय सदस्यमा बलदेव शर्मा मजगैंया पनि पर्छन् । उनी पछिल्लो समयमा राजनीतिबाट टाढा रहने कोसिसमा रहेको बताइएको छ । मजगैंया पछिल्लो समयमा राजनीतिभन्दा साहित्यमा बढी व्यस्त रहेको उनी निकटहरु बताउँछन । चित्रलेखा यादव र लीला कोइराला पनि बैठकमा अनुपस्थित हुँदै आएका छन् ।
बैठकमा सहभागी भएर पनि पूरै अवधि नबस्नेमा वरिष्ठ नेता शेरबहादुर देउवा अग्रपंक्तिमा देखिन्छन् । उनी हरेकजसो बैठकमा आफ्ना कुरा राखेलगत्तै बाहिर निस्कन्छन् । केन्द्रीय सदस्य प्रदीप गिरी पनि आफ्ना भनाइ राखेपछि बैठकमा बस्दैनन् । आफ्नो भनाइ राखेलगत्तै निस्कने सूचीमा सुजाता कोइराला पनि पर्छिन् । तर पछिल्लो समयमा भने उनले बैठकलाई महŒव दिने गरेको बताइएको छ ।
कांगे्रस केन्द्रीय बैठक केही दिनदेखि जारी छ । आइतबारको बैठकमा भने अधिकांश सदस्य अन्तिम समयसम्म बसे । वरिष्ठ नेता देउवा बैठकको सुरुमा आफ्ना कुरा राखेर बाहिरिए पनि पुनः बैठकमा आएका थिए । देउवा आएपछि सबै केन्द्रीय सदस्यले बैठक नछोडेको एक सदस्यले बताए । उनका अनुसार प्रदीप गिरी पनि आइतबारको बैठकको अन्तसम्म बसेका थिए । पार्टीका पदाधिकारी सबै भएकाले निर्णय हुने सम्भावनाले सबै जना बैठकको अन्तिमसम्म बसेको बताइएको छ ।
आइतबारको केन्द्रीय समिति बैठक जिल्लामा देखिएको विवाद मिलाउन र पार्टीको १२औं महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल गर्नका लागि बसेको थियो ।
Comments0
Leave Comments