२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

संविधान निर्माणका लागि एमाले गम्भीर छैन ः केन्द्रीय सदस्य

राजधानी समाचारदाता
काठमाडौं २४ फागुन
शासकीयस्वरुप र राज्यको पुनःसंरचनाबारे पार्टीको स्पष्ट धारणा बनाइ आगाडि बढ्न एमाले केन्द्रीय सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।
शासकीयस्वरुप र राज्य पुनःसंरचनाबारे पार्टीले स्पष्ट अडानका साथ अघिबढ्न नसकेकाले संविधानसभामा दुविधा देखिएको भन्दै उनीहरुले यस विषयमा तत्काल आधिकारिक धारणा तय गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टी कार्यालय बल्खुमा जारी केन्द्रीय कमिटीको आइतबार बसेको बैठकमा सदस्यहरुले संविधान निर्माणका सवालमा पार्टी बोलीमा जति व्यवहारमा गम्भीर नभएको भन्दै आलोचनासमेत गरेका थिए ।
बैठकमा सहभागी एक सदस्यका अनुसार आइतबार बोल्ने अधिकांश सदस्यले संविधान निर्माणबारे पार्टीले आफ्नो चुनावी घोषणापत्रमा लेखिएका विषयलाई आधिकारिक मानी त्यसमै अडिग हुनु सुझाव
दिएका थिए ।
उनीहरुले एमालेले अघि सारेको मुद्दा एकातिर राखेर सहमतिको नाममा आफ्ना सबै अडान त्यागी अरुको शरण पर्ने शैली बन्द गर्न माग गरेका थिए । उनीहरुले राज्यको पुनःसंरचना गर्दा उच्चस्तरीय आयोग बनाइ आयोगबाटै राज्यको पुनःसंरचना गरिनुपनॆ्र अडिग रहन नेतृत्वलाई सुझाएका थिए ।
बैठकमा राज्यको शासकीय स्वरुपबारे भने फरक-फरक विचार प्रस्तुत भएको थियो । अध्यक्ष खनालनिकट मानिने घनश्याम भुसाल योगेश भट्टराईलगायतले जनताबाट चुनिएका प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा आलंकारिक राष्ट्रपति र वरिष्ठ नेता केपी ओलीनिकट मानिने गुरु बराल भानुभक्त ढकाल कृष्णगोपाल श्रेष्ठलगायतले संसदीय प्रणालीबाट चुनिने प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतीय व्यवस्थाबारे आ-आफ्नो विचार राखेका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी