२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

उद्घाटन खेलमा डाइनामिक विजयी

नेपालगन्ज÷रास- तेस्रो वागेश्वरी ट्वान्टी-२० रनिङकप कि्रकेट प्रतियोगिता कोहलपुरको अन्तर्राष्ट्रिय कि्रकेट मैदानमा सुरु भएको छ ।
प्रतियोगिताको ५ नम्बर क्षेत्रीय कि्रकेट विकास समितिका उपाध्यक्ष चिन्तामणि धिताल र कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । वागेश्वरी बहुमुखी क्याम्पसको आयोजना र विद्यार्थीको व्यवस्थापनमा साचालित प्रतियोगितामा सातवटा उच्चमाविको सहभागिता रहेको छ ।
 उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि धितालले कोहलपुरको विकास कि्रकेटसँग गाँसिएकाले अन्तर्राष्ट्रिय कि्रकेट मैदानलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले यस्ता खाले कि्रकेट प्रतियोगिताले कोहलपुरलाई चिनाउने बताए ।
 यसैगरी विशेष अतिथि कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय कि्रकेट मैदानलाई राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न नसकिएको बताए । उनले कोहलपुरको बृहत्तर विकासका लागि आगामी वर्षभित्र राष्ट्रिय स्तरको खेल महोत्सव गरिने जानकारी गराए ।
वागेश्वरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुशिल अधिकारीले पढाइ सँगसँगै खेल पनि विद्यार्थीका लागि नभई नहुने अंगका रुपमा रहेको बताए । प्रतियोगिताको पहिलो खेलमा त्रिमावि उच्चमाविलाई डाइनामिकले ६ विकेटले पराजित गर् यो ।
टस जितेर पहिले ब्याटिङ गरेको त्रिमाविले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाइ एक सय १४ रनको योगफल खडा गरेको थियो । जसमा ३७ रन अतिरिक्त थियो । पहिलो पारीका सुरेन्द्र चौधरीले २७ बल खेलेर  २० रन बनाएका थिए । एक सय १५ रनको विजय लक्ष्य लिई  मैदानमा उत्रिएको डाइनामिक उच्चमाविले १४ दशमलब दुई ओभरमा चार विकेट गुमाइ लक्ष्य पूरा गर् यो । प्रतियोगितामा १२ रन दिई तीन विकेट लिएका डाइनामिक उच्चमाविका सुरज चौधरी म्यान अफ द म्याच घोषित भए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी