२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

दुर्घटनामा तीनको मृत्यु पाँच घाइते

राजधानी संवाददाता
बारा २३ फागुन
छुटाछुटै दुर्घटनामा परि बारामा एक महिलाको मृत्यु हुनाका साथै ३ जना घाईते भएका छन् ।
पथलैया- बीरगंज सडकखण्ड अन्र्तगत बाराको छातापिपरा -२ मा आईतवार बिहान ना ३ ख २००६ नम्बरको ट्याक्टरको ठक्करबाट जिल्लाको ककरी- ६ का ४० वर्षिया श्रीपतिदेवी चौधरीको मृत्यु भएको छ ।
घटनामा उनका श्रीमान् रामयोगी चौधरी घाईते भएका छन् । सोही ट्याक्टरको ठक्करबाट पैदल यात्री बारा दहियारका जवाहिर
गुप्ता पनि घाईते भएको प्रहरीले बताएको छ ।
त्यसैगरी गुडिरहेको यात्रु बसको ढोकाबाट खस्दा एक युवक गम्भीर घाईते भएका छन् । बाराको भरतगंज सिगौलबाट निजगढ आई पुगेको ना १ ख ७७६१ नम्बरको बसबाट निजगढ स्थित लच्कामा आईतवार दिउसो खस्दा बारा भरतगंज सिगौल -७ बस्ने वर्ष १६ का दुर्गाबहादुर घावा गम्भीर घाईते भएका हुन् ।
राजधानीका सिन्धुपाल्चोक सहकर्मीका अनुसार दोलखाबाट काठमाडौ जादै गरेको एक निजी बोलेरो शनिबार राती अरनिको राजमार्गको चोहेरे नजिकै दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि अन्य तीन जना गम्भीर भाइते भएका छन् ।
दोलखाको सुनखानीमा सिवाकोटी सेवा समाजको कार्यक्रमबाट फर्कदै गरेको सो बोलेरो राती ११ बजे सिन्धुपाल्चोक साँगाचोक-५ डुम्रेखोलामा सडकबाट २ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परि दोलखा सुनखानी घर भइ काठमाडौ बस्दै आएका डम्बर उप्रेती र झापा घर भई भक्तपुर बालकोट बस्ने रोशन सिवाकोटीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एक नारयण कोइरालाले जानकारी दिए । दोलखा सुनखानी- १ मा रहेको सिवाकोटीहरुको पुख्यौली घर चौघराको संरक्षणकालागि भेलमा उनीहरु गएका स्थानीयहरुले जानकारी दिएका छन् ।
त्यस्तै घटनामा परी दोलखा सुनखानी- ९ का ३६ बर्षीय टेकराज सुवेदी सोही वडाका अशोक सिवाकोटी र ओखलढुङ्गा तार्केघारी -६ बस्ने ३० बर्षीया दिशान्त विष्ट घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
मध्यरातमा भएको सो दुर्घटना भएलगतै नजिकै रहेका स्थानीयबरुले उद्धार गरेका थिए ।
स्थानीय-बासिन्दाहरुले दिउको जानकारी अनुसार भर्खरै किनेको उक्त बोलेरो दोलखा भिमसेनको मन्दिरमा पुजा गरेर उनीहरु फर्केका थिए । खाडीचौउरका एक होटल व्यवसायीका अनुसार गाडीमा सवार चालक सहित पाँचैजनाले मदिरा सेवन गरेका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी