© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
एजेन्सीहरु
बग्दाद २३ फागुन
इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय फौजले हमला गरी सद्दाम हुसेनको सत्ता ढालेपछिको दोस्रो संसदीय निर्वाचन असंख्य आक्रमणको चपेटामा परेको खबर छ । ती आक्रमणहरुमा दुई दर्जनभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।
राजधानीमा दुईवटा भवन ध्वस्त भएका छन् भने बग्दाद र देशका अन्य भागमा हर्जनौं मोर्टार हमला भएका छन् ।
निर्वाचनका बेला इरानसँगको सीमा क्षेत्र बन्द गरी हजारौं सेना परिचालन गरिएको थियो भने सवारी साधनलाई सडकमा गुड्न रोक लगाइएको थियो ।
िहंसाका बावजुद कैयौं सहरहरुका मतदान केन्द्रहरुमा मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो ।
प्रधानमन्त्री नुरी अल मलिकीले निर्वाचनमा हुने जनसहभागिताले प्रजातन्त्रलाई बलियो बताउने बताउँदै मतदानमा व्यापक रुपले भाग लिन सर्वसाधारणलाई आग्रह गरेका थिए ।
उत्तरी कुर्दिस सहर सुलैमानियाबाट सम्वाददाताहरुले जनाए अनुसार त्यहाँ बिहान सबेरैदेखि मतदान केन्द्रहरुमा मतदाताको लाम लागेको थियो । तर राजधानी बग्दादका मतदाताले भने केन्द्रमा जानुअघि आक्रमण पर्खेको सम्वाददाताहरु बताउँछन् । त्यहाँ प्रायः जसो बिहानको समयमा आक्रमणहरु हुने गरेकाले उनीहरुले भोट खसाल्न जान दिउँसोको समय कुरेका हुन् ।
यो निर्वाचन िहंसात्मक घटना र मानवीय हताहतिको संख्यामा आएको व्यापक कमीको पृष्ठभूमिमा सम्पन्न भइरहेको छ । तैपनि महिनैपिच्छे सयौंको संख्यामा मान्छे मर्ने र भ्रष्टाचार भने घटेका छैनन् । बिजुली जस्ता आधारभूत आवश्यकताका बस्तुहरुको आपूर्ति पनि नियमित छैन ।
उत्तरी बग्दादमा आइतबार भएको एउटा हमलामा १२ जनाको ज्यान गएको र आठजना घाइते भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले यो हताहतिको जानकारी दिइरहँदा अर्को सहरमा भएको हमलामा पाँचजना मारिएको खबर आइसकेको थियो ।
मुलुकका अन्य भागमा भएका हमलाहरुमा नौ जनाको ज्यान गएको छ तर कुनैपनि मतदान केन्द्रमा हमला भएको समाचार प्राप्त भएको छैन ।
ग्रीनविच समयअनुसार विहान चार बजे चुनाव सुरु भएपछि राजधानीमा अनियमितरुपमा मोर्टार प्रहार भएको आवाज सुनिएको थियो । फल्लुजाको मतदान केन्द्र नजिकै दुईवटा बम विस्फोट भएका थिए भने सालाहुद्दिन प्रान्तमा पनि मोर्टार प्रहार गरिएको आवाज सुनिएको प्राप्त समाचारमा उल्लेख छ ।
इस्लामिक लडाकूहरुले हमला गरेर निर्वाचन बिथोल्ने चेतावनी दिएको थियो । त्यसैगरी बग्दादमा अल-कायदाले सर्वसाधारणलाई मत हाल्न नजान धम्की दिइएको पर्चाहरु छरेका थिए ।
निर्वाचनमा हुनसक्ने हमला रोक्ने प्रयास स्वरुप करीब पाँच लाखको संख्यामा रहेको संयुक्त सुरक्षाफौजलाई परिचालन गरिएको थियो । अधिकांश मोर्टार बग्दादको सुन्नी बहुल इलाकाबाट फायर गरिएको सहरका सुरक्षा प्रवक्ता क्वासिम अल-मौसावीले बताए ।
ुहामी भिडन्तको अवस्थामा छौंु उनले भने ुहामी युद्धमैदानमा साचालित छौं र हाम्रा लडाकूहरुले अझै बढी खराब अवस्थाको अनुमान गरेका छौं ।ु
यो चुनावले इराकमा नयाँ सरकार गठन गर्ने मार्ग प्रसस्त गर्नेछ जसको काँधमा चुलिँदो िहंसा ध्वस्त अर्थ व्यवस्था र उच्च पदस्थबाट हुने भ्रष्टाचार जस्ता चुनौतीहरुको सामना गर्ने जिम्मेवारी रहनेछ ।
Comments0
Leave Comments