२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

प्रहरी र स्थानिय बीच झडप ५ जना घाईते ।

घाईते हुनेमा हलखोरी प्रहरी चौकीका ईन्चार्ज प्रसनी दिपनारायण राउत र हलखोरी कै नरेश यादव सहित चार जना स्थानिय वासिन्दाहरु सख्त घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाईते राउतको उपचार जलेश्वर अस्पतालमा भै रहेको छ भने स्थानिय वासिन्दाहरुको उपचार स्वास्थ्य चौकी हलखोरीमा भई रहेको छ ।
टाउको फुटेको र शरीरभरी नै चोटपटक लागेका प्रहरी सहायक निरीक्षक राउतको अवस्था गम्भीर रहेको छ ।
हलखोरी ८ का जुलाई यादव र नरेश यादवकी श्रीमति बीच घास काटने विषयमा भएको झगडामा प्रहरीले जुलाई यादवलाई पक्राउ गरी कुटपीट गरी घाईते बनाएको र निजको श्रीमतिलाई अभद्र व्यवहार  गरेको आरोपमा ं स्थानीयबासिन्दाले प्रहरी चौकी हलखोरी घेराउगरी ढुङामुढा गर्न थाले पछि दोहोरो झडप शरु भएको थियो ।
करिव १ घण्टा सम्म चलेको दोहोरो झडपलाई नियन्त्रणमा दिलन प्रहरीले ३ राउण्ड अश्रु ग्याँस र ७ राउण्ड हवाई फायर गरेका थिए ।
घछनाको सम्बन्धमा छानवीनका लागि प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा प्रहरी परिचालन गरिएको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक संजय राज शर्माले बताउनु भयो ।
अहिले सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीपरिचालन गरिएको छ भने अवस्था साम्य बन्दै गएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी