२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

पश्चिम सेती अनिश्चित

पर्शुराम काफ्ले, दर्ीघराज उपाध्याय/राजधानी

काठमाडौं, धनगढी, २२ फागुन

नयाँ लगानीकर्ता नभेटिएसम्म सबैभन्दा ठूलो सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुरु नहुने निश्चित भएको छ ।

एसियाली विकास बैंकले लगानी गर्न आलटाल गरेका कारण निर्माण कार्य सुरु हुन नसकेको सो आयोजनामा पछिल्ल्ाो पटक चिनियाँ कम्पनी चाइना नेसनल मेसिनरी एन्ड इक्युपमेन्ट इम्पोर्ट एन्ड एक्सपोर्ट कार्पोरेसन -सिमेक) ले समेत लगानी गर्न अनिच्छा देखाएको छ । ऊर्जा मन्त्रालयले गत ३१ जनवरीमा आयोजना पर््रवर्द्धक कम्पनी वेस्ट सेती हाइड्रोलाई मार्च २०१० भित्र सेयर होल्डरको टुंगो लगाउन र जुनसम्म वित्तीय व्यवस्थापन गरिसक्न दिएको अल्टिमेटमबाट सिमेक असन्तुष्ट थियो ।

मन्त्रालयले तोकिएको अवधिभित्र काम नभए आयोजना सञ्चालनको लाइसेन्स खारेज गर्ने निर्ण्र्ाासच्याउँदै जुलाई २०१० सम्म सेयर होल्डरको टुंगो लगाउन र डिसेम्बरसम्म लगानीको व्यवस्थापन गरिसक्ने र्सतमा लाइसेन्स एक वर्षा लागि थप गरेको थियो । तर, सरकारको पछिल्लो निर्ण्र्ाा'ढिलो भइसकेको' भन्दै सिमेकले २८ डिसेम्बरमा स्मेक कम्पनीसँग ५१ प्रतिशत लगानी गर्ने समझदारी कार्यान्वयन गर्न नसक्ने जवाफ दिएको स्रोतको भनाइ छ ।

चीन सरकारको स्वामित्वमा रहेको सिमेकले पश्चिम सेतीमा ५१ प्रतिशतको सेयर लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्दै निर्ःर्सत एक वर्षो लाइसेन्स नवीकरण म्याद थप गरिदिनर्ुपर्ने आग्रह गरेको थियो । सिमेकको त्यस्तो जवाफपछि स्मेकले आयोजना निर्माण अनिश्चित भएको भन्दै सुदूरपश्चिममा रहेका आठ सूचना केन्द्रसमेत एक सातायता बन्द गरिसकेको छ भने काठमाडौं र सुदूरपश्चिममा गरी करिब दर्ुइ दर्जन कर्मच्ाारीलाई अवकाश दिएको छ ।

गत डिसेम्बरमा सिमेकसँग हस्ताक्षर हुनुअघि स्मेकले आयोजनामा २६ प्रतिशत, एडीबीले १५, सिमेकले १५, इन्प

एडीबीले सन् २००६ को अप्रिलमा आयोजनामा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे पनि हालसम्म लगानी गरेको छैन । एडीबीले २००७ को हिउँददेखि नै लगानी गर्ने भनेको थियो । एक महिनाअघि ऊर्जामन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा एडीबी पदाधिकारीहरूले पश्चिम सेतीमा लगानी गर्ने बताएका थिए ।

पश्चिम सेती आयोजना सञ्चालनका क्रममा डोटी, डडेल्धुरा, बैतडी र बझाङका १९ गाविस र एक नगरपालिकासमेत गरी करिब दर्ुइ हजार पाँच सय परिवारलाई अन्यत्र सार्नुपर्ने भएकाले विगत १० वर्षता आयोजना क्षेत्रभित्र विकास निर्माणमा सरकारले लगानी गरेको थिएन ।

पश्चिम सेती आयोजनाले अचानक छाडेपछि आक्रोशित कर्मचारी र पाँच वर्षा लागि कार्यालय सञ्चालनका लागि भाडामा लिएको घर घरधनीले सोमबार धनगढीमा भेला आयोजना गरी संर्घष्ाको कार्यक्रम र्सार्वजनिक गर्ने बताएका छन् । आयोजनाले काठमाडौंका सात र सुदूरपश्चिममा कार्यरत २१ कर्मचारीलाई अवकाश दिएको छ । सुदूरपश्चिम क्षेत्रका अधिकृत र कर्मचारीलाई पत्र बुझाउन धनगढी गएका पश्चिम सेतीका उपमहाप्रबन्धक डा. सरोज अधिकारीसमेत सर्म्पर्कमा छैनन् ।

'अन्यत्र जागिर छाडेर सयौंसँग प्रतिस्पर्धा गरी आयोजनामा आयांै,' अवकाश दिइएका अधिकृत पुष्करबहादुर सिंहले भने, 'हठात् अवकाश दिइयो ।' उनीहरूलाई ६ महिना परीक्षणकालमा र त्यसपछि स्वतः स्थायी हुनेगरी नियुक्तिपत्र दिएको थियो ।

 

|mास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल र्सर्भिसेजले १५, नेपाली लगानीकर्ताले १४ र एडीबीको ऋण सहयोगमा नेपाल सरकारले १५ प्रतिशत लगानी गर्ने सहमति भएको थियो । गत डिसेम्बरमा सिमेकले १५ प्रतिशतबाट ५१ प्रतिशत लगानी गर्ने लिखित समझदारी गरेपनि बाँकी लगानीकर्ताको चाँजोपाँजो यसबीचमा भइसकेको थिएन । सन् १९९७ देखि काम थालेको अस्ट्रेलियाको स्मेक कम्पनीले हालसम्म करिब ३० मिलियन डलर -दर्ुइ अर्ब २५ करोड रुपैयाँबराबर) खर्चिसकेको छ । आयोजना पूरा हुन एक अर्ब ६० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी