© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
रावलले राजीनामा पदत्याग गर्ने घोषणाटपेन्द्र कार्की/राजधानी काठमाडांै, २२ फागुन मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको गम्भीर आरोप खेप्दै आएका गृहमन्त्री भीम रावलमाथि उनकै मातहतका गृह राज्यमन्त्री रिजमान अन्सारी चर्काे रूपमा खनिएका छन् । पछिल्लो समयमा मुलुकको शान्ति सुरक्षाको अवस्था गम्भीर बनेको र प्रहरीको आत्मबल खस्केको बताएका गृह राज्यमन्त्री अन्सारीले यसको सम्पर्ूण्ा दोष गृहमन्त्री रावलमाथि मात्र लगाएनन्, उनको राजीनामासमेत माग गरे । अन्सारीले रावलले १५ दिनभित्र राजीनामा नदिए वा पार्टर्ीी फिर्ता नबोलाए आफूले पदत्याग गर्ने चेतावनीसमेत दिए । रावल र अन्सारी दुवै एमालेबाट सरकारमा सहभागी भएका हुन् । अन्सारीले हालको 'भद्रगोल' सुरक्षा अवस्था र प्रहरी संगठनमा भएको 'अनावश्यक' हस्तक्षेपबारे आफूले प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले अध्यक्ष झलनाथ खनाललाई जानकारी गराइसकेको पनि बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा गृह राज्यमन्त्री अन्सारीले भने, 'गृहमन्त्री रावलकै कारण मुलुकको शान्ति सुरक्षाको अवस्था दयनीय भएको हो, यस्ता गृहमन्त्रीलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार छैन ।' उनले गृहमन्त्री रावलले योग्य र इमानदार प्रहरी अधिकृतलाई कुनै जिम्मेवारी नदिई आपराधिक प्रवृत्तिका प्रहरीलाई काखी च्यापेको आरोप पनि लगाए । 'तस्करसँग मिलेर काम गर्ने प्रहरी अधिकृतलाई रावलले च्यापेका छन्, इमानदार प्रहरीलाई बेवास्ता गरेका छन्, अनि कसरी शान्ति सुरक्षा कायम हुन्छ -' राज्यमन्त्री अन्सारीको प्रश्न थियो । 'सुगम ठाउँमा आठ-आठ वर्षबसेका प्रहरी अधिकारीलाई सरुवा नगर्ने, सक्षम प्रहरी अधिकृतलाई डम्पिङमा राख्नेजस्ता विषयले महत्त्व पाएपछि सुरक्षा निकायको आत्मबल कसरी बढ्छ -' उनको भनाइ थियो ।उनले आफू गृह राज्यमन्त्री भए पनि केही अधिकार नदिएको भन्दै गृहमन्त्री रावलमाथि आक्रोश पोखे । 'गृह मन्त्रालयका कर्मचारी सरुवा हुन्छ, मैले सञ्चार माध्यममार्फ थाहा पाउनर्ुपर्छ, प्रहरीभित्र अनावश्यक हस्तक्षेप हुन्छ त्यो पनि मैले बाहिरैबाट थाहा पाउनर्ुपर्छ, म राज्यमन्त्री भएको के काम -' अन्सारीको आक्रोश थियो ।उनले विशेष सुरक्षा योजना तयार गर्दा गरिएका प्रतिबद्धता गृहमन्त्रीकै कारण पूरा गर्न नसकिएको पनि बताए । 'सुरक्षाकर्मीको आत्मबल बढाउने काम गर्ने ठूलाठूला भाषण गरियो, तर काम पुरानै मानसिकतामा भयो, पुरस्कार र दण्डको व्यवस्था गरिएन, प्रहरीमा सुदृढीकरण र शुद्धीकरण गरिएन, अहिले सुरक्षा व्यवस्था कमजोर भएको स्वीकार गर्दै हिँडेर हुन्छ -' अन्सारीले आङ्खनो असन्तुष्टि जनाए ।उनले राजनीतिक आडमा लुकेका अपराधीलाई कारबाही गर्न गृहमन्त्रीले नै नचाहेको पनि आरोप लगाए । अन्सारीले आफूलाई गृहमन्त्री बनाइए तीन महिनाभित्र सुरक्षा व्यवस्था सुदृढ गर्ने दाबी गरे । सुरक्षा व्यवस्था सुदृढ बनाउने आङ्खनो ६ ओटा योजना पनि उनले सुनाए । सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई पुरस्कार, दण्ड र जरिवानाको व्यवस्था गर्नुपर्ने, प्रहरीलाई कानुनी स्वतन्त्रता दिनर्ुपर्ने, राजनीतिक हस्तक्षेप गर्न नहुने, प्रहरीलाई घरपायक राख्न नहुने, दर्ुइ वर्षन्दा बढी बसेकालाई सरुवा गर्नुपर्ने र अपराधीहरूसँग साँठगाँठ भएकाहरूको पहिचान गरी कारबाही गर्नुपर्ने उनको सुरक्षा योजना थियो । सो कार्यक्रममा बोल्दै पर्ूवप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले प्रहरी संगठनभित्र राजनीतिको नांगो नाच चलेकाले अपराध नियन्त्रण गर्न प्रहरी संगठन असफल भएको बताए । उनले आपराधिक प्रवृत्तिका प्रहरीलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ भएको पनि बताए ।
Comments0
Leave Comments