© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
सविन प्रियासन/राजधानी दाङ, २२ फागुन एकीकृत माओवादीका स्थायी कमिटी सदस्य एवं पर्ूवसूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले भारतीय इसारामा अनमिनको विरोध भएको आरोप लगाएका छन् पछिल्लो समयमा सरकार र अनमिनबीच अनावश्यक विवाद सुरु भएको बहस अनावश्यक भएको टिप्पणी गर्दै उनले अनमिनको भूमिकाप्रति सरकारले शंका गर्नु शान्ति प्रक्रियाविपरीत भएको आरोप लगाए अनमिन साझा संस्था भएको र यसलाई सोहीअनुरूप काम गर्न दिनुपर्ने धारणा राख्दै महराले अनमिन यहाँ नबसोस् भन्ने कोणबाट सरकारका मन्त्रीहरूले उसको क्रियाकलापप्रति आक्षेप लगाएको दाबी गरे सरकारमा बस्ने मन्त्रीहरू भारतीय इसारामा अनमिनको टिप्पणी गरिरहेको र भारत अनमिनलाई यहाँबाट पठाएर आफू त्यसको ठाउँमा आउन चाहेको उनको दाबी थियो लगाएर मात्र अनमिनलाई बिदा गर्नुपर्ने धारणा राखे शिविरमा रहेका १९ हजार योग्य लडाकूको सम्पर्ूण्ा तथ्यांक अनमिनसँग भएको र अनमिनले शान्तिमन्त्रालयमा यसबारेमा जानकारी गराइसकेको उल्लेख गर्दै नेता महराले यसमध्ये केही लडाकू घरबिदामा भएको र केहीले शिविर छाडेको स्वीकार गरे उनले कांग्रेस र एमालेले नै वर्तमान सरकार ढाल्ने दाबी पनि गरे कांग्रेस र एमालेभित्र सरकारप्रति तीव्र असन्तोष बढ्दै गएको र पछिल्लो समयमा एमालेका जिम्मेवार नेताहरूले समेत सरकार ढाल्ने विषयमा आफूसँग छलफल गर्ने गरेको खुलासा गर्दै उनले छिट्टै राष्ट्रिय सरकार बन्ने ठोकुवा गरे शान्तिप्रक्रियाको टुंगो र नयाँ संविधान सँगसँगै अगाडि बढ्नुपर्ने धारणा राख्दै माओवादीका विदेश विभाग प्रमुखसमेत रहेका महराले नयाँ संविधानमा सुरक्षा निकाय र सेनाको संरचनाका व्याख्याको कुरा उल्लेख नगरी शान्ति प्रक्रिया टुंगोमा लगाए फेरि पनि खतरा रहिरहने बताए माओवादी लडाकूलाई सेना, सशस्त्र, जनपथ वा अन्य कुनै दस्ता बनाएर समायोजन गर्नुपर्छ भन्ने पक्षमा आफूहरू भएको उनले बताए 'जनयुद्धमा हतियार बेगर पनि माओवादी लडाकुहरू लडेका हुन्, त्यसैले माओवादीको हतियार बराबर सेनामा समायोजन गर्नुपर्छ भन्ने तर्क आफैमा गलत छ' महाराको भनाइ थियो
Comments0
Leave Comments