२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

पानी छोएको निहुँमा दलित

भीम गौतम/राजधानी

काभ्रे, २२ फागुन

र्सार्वजनिक धारामा पानी भरिएको डेक्ची छोएको निहुँमा काभ्रेको शारदाबतासे गाविस-७ की एक दलित बालिकाले उपल्लो जातिबाट पिटाइ खानुपरेको छ

छुवाछूतको अन्त्य भएको धेरै वर्षबिते पनि एक्काइसौं शताब्दीमा काभ्रे सदरमुकाम धुलिखेलसँग जोडिएको शारदा बतासेकी ती बालिकाले दलित भएकै कारण कुटाइ खानुपरेको हो

गत फागुन १६ गते बिहान साढे ९ बजे शारदाबतासे गाविस-७ की १२ वषर्ीय पार्वती विकलाई सोही गाविस-५ की अनिता थापाले पानी छोएको निहुँमा कुटेकी हुन्

स्थानीय कालिका मावि ४ कक्षामा पढ्ने पार्वती कुटाइ खाएपछि शुक्रबारसम्म विद्यालय जानसकेकी छैनन्

कुटपिटको आरोप लागेकी थापाले भने बालिकाले पानीको पालो मिचेपछि र ठूलो मान्छेको गाग्रीको पानी किन छोइस् भनेर आफूले कुटेको स्वीकारेकी छन्

पीडित बालिकाका बुबा हरिबहादुर र आमा रमा विकका अनुसार तल्लो जातले किन पानी छोएको भन्दै छोरीलाई कुटेपछि छोरी रुँदै घर आएकी थिइन्

छोरीमाथि र्सार्वजनिक धारामा कुटपिट भएपछि उनीहरूले गाविसमा न्यायका लागि निवेदन दिएका थिए, तर बिहीबार दिउँसोसम्म गाविसले कुनै पहल नगरेपछि उनीहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका थिए

पीडक थापालाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि सयौं स्थानीयवासी धुलिखेलमा आइपुगेका थिए

    । पिटाइकै कारण ६ दिनदेखि विद्यालय जान नसकेको उनले बताइन् । पार्वतीका अनुसार ठूलो मान्छे र पूजा गर्नुपर्ने डेक्चीको पानी तल्लो जातिले किन छोइस् भन्दै जर्किन र ढुंगाले हानेकी थिइन् । ढुंगाले हानेपछि बालिकाको खुट्टा र हातको पाखुरा सुन्निएको थियो । 'कुटेपछि हात र खुट्टा सुन्नियो, ज्वरो आयो, त्यही दिनदेखि विद्यालय जान सकेको छैन,' उनले भनिन् । घाइते छोरीलाई घरमै आइडेक्स ल्याएर औषधि उपचार गरिएको उनको परिवारले जनाएको छ  । 'धारामा पानी थापिएको थियो, तर त्यो केटीले मेरो डेक्ची हटाएर आफ्नै थाप्न थालेपछि मैले गाली गर्दा अपशब्द बोलेपछि मैले ठूलो मान्छेको पानी किन छोएको र पूजाआजा गर्ने पानी किन छोएको भनेर पिटेको हुँ, जहाँ गए पनि यो कुरा भन्नसक्छु,' उनले भनिन्  । 'किन कुटेको भनेर जाँदा मलाई समेत कुटपिट गर्न आए,' आमा रमाले भनिन् । 'आफूले छोरीमाथि भएको कुटपिट सम्बन्धमा अनिताका श्रीमान् जयराम थापालाई भन्दा तेरी छोरी मरेको भए श्रीमतीलाई कारबाही गर्थें, तर किन गर्ने भनेर पो भने, साह्रै चित्त दुख्यो,' बुबा हरिबहादुरले भने  । उजुरीमा स्थानीय अनिता थापा र रोजिना थापाले र्सार्वजनिक धारामा पानी छोएको निहुँमा कुटपिट गरेकाले त्यसलाई सामाजिक अपराधभन्दै कारबाहीका लागि माग गरिएको छ । प्रहरीले उजुरीको आधारमा पीडक थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखेको छ । छुवाछूतको निहुँमा दलित बालिकाले कुटाइ खाएको खबर पाएपछि शुक्रबार छुवाछूत अपराध निगरानी केन्द्र र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका प्रतिनिधि शारदाबतासे पुगेका थिए । कल्याण संघका उपाध्यक्ष प्रकाश रोक्काले बालिकामाथि पानी छोएको निहुँमा कुटपिट गरेर र्सार्वजनिक अपराध गर्नेलाई कारबाहीका लागि आफूले पहल गर्ने बताए  । पीडक पक्षलाई प्रहरीले पक्राउ गरेपछि घटना घटेको ६ दिनसम्म कुनै वास्ता नगरेका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू पीडकमाथि र्सार्वजनिक मुद्दा लगाउनु हुँदैन भन्दै जिल्ला प्रहरी कार्यालय आइपुगेका थिए । प्रहरीले दुवै पक्षसँग सल्लाह गरेरमात्र मुद्दा दायर गर्ने भन्दै शुक्रबार मुद्दा दर्ता गरेको छैन 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी