२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

जमिम शाह हत्या प्रकरण पीडित पिताको सान्त्वना र सुझाव प्रधानमन्त्रीलाई

युवराज घिमिरे/राजधानी
काठमाडौं, २५ माघ
सञ्चार उद्यमी जमिम शाहको हत्याको दोष प्रहरीमाथि थुपार्दै दोषी पत्ता लगाई कानुनको दायरामा ल्याउने आश्वासन दिएपछि आक्रोशित तर संयमित जमिम पिताले सुझाव दिए, 'प्रधानमन्त्रीज्यू † जे गर्न सक्नुहुन्छ, त्यो मात्र बोल्नुहोस् ।'
पानीपोखरीस्थित शाह निवासमा जमिम शाहको हत्याको झन्डै २४ घन्टापछि परिवारलाई सान्त्वना, सहानुभूति र आश्वासन दिन वनमन्त्री दीपक बोहरा र गृह राज्यमन्त्री रिजवान अन्सारीसँगै पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले हत्याको दोष सुरक्षा व्यवस्थामा रहेको कमजोरीलाई दिए । तर, काठमाडौंको गोठाटारमा हालै आठ वषर्ीय बालक सन्तोष कार्की हत्याका दोषीलाई जस्तै यो मामिलामा पनि सरकारले हत्यारालाई गिरफ्तार गरेरै छाड्ने आश्वासनपछि ७७ वषर्ीय डा. मोइन शाहले प्रधानमन्त्री नेपाललाई र्'गर्न सक्ने कुरा मात्र बोल्न' आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले घटनाबारे सत्य, तथ्य पत्ता लगाउन आयोग गठन भएको जानकारी पनि डा. मोइनलाई दिए । दरीमाथिको चकटीमा बसेर 'माला जप' गरी आगन्तुक हितैषीहरूको सहानुभूति र समवेदना स्वीकार गरिरहेका वृृद्ध शाहले भने, 'प्रधानमन्त्रीज्यू † तपाईंलाई पनि जनताले जाँचिरहेका हुन्छन् । तपाईंको वचन र काममा अन्तर हुनु हुँदैन ।'
आयोग बनाएर कारबाही नगर्नु या मारिएकाहरूलाई सहिद घोषणा गर्नुको अर्थ केही नहुने आफ्नो मान्यता पीडित परिवारका यी मुखियाले लगातार आगन्तुकहरूलाई बताउँदै आएका छन् । सहिष्णुताको अद्भूत शक्ति पर््रदर्शन गर्छन्, डा. शाह । र, उनका वाणीमा पवित्र ग्रन्थ कुरानका सारसन्देश निहित हुन्छन् । सान्त्वना दिन जानेहरू छक्क पर्छन्, उनको संयमित अभिव्यक्ति सुनेर । 'हाम्रो धर्ममा अन्त्येष्टि जति सक्यो छिटो हुनर्ुपर्छ । तर, जमिमकी श्रीमती र छोरा भोलि र पर्सिसम्म विदेशबाट आइपुग्ने हुनाले कुरिरहेका छौं ।' जमिमको शवलाई बरफमा राखिएको छ, घरमा ।
'हाम्रो ठूलो नातागोता र कुटुम्ब छ । म नै विचलित भएँ या रुन थालेँ भने अरूका लागि झन् कठिन हुनेछ,' उनले भने । कृषि विज्ञानमा विद्यावारिधि -पीएचडी) गरी सरकारी सेवामा प्रवेश गरेका डा. शाह कृषि मन्त्रालयका सहसचिवका रूपमा झन्डै दर्ुइ दशकअघि सेवानिवृत्त भएका थिए ।
'बच्चाहरूलाई सधैं सानो र कच्चा देख्ने मनोविज्ञानका कारण मैले जमिमलाई सधैं अवमूल्यन गरें । तर, यतिका मान्छे र साथीहरू त कमाएको रहेछ उसले,' भावुकतालाई संयमको टेवा दिँदै आगन्तुकहरूलाई बिदा गरे डा. शाहले । 'तर, आफ्नो पीडा अरूलाई बोझ नबनोस्, बरु त्यो चेतावनी र पाठ बनोस् सरकारका लागि,' उनको स्पष्ट सन्देश थियो ।
'नेताहरू त धनी छन्, करोडौंका मालिक होलान्, देश छोडेर जान सक्छन् । असुरक्षा भए पनि सामान्य नागरिकलाई आफ्नो सहर र बास फर्ेन गाह्रो हुन्छ, देशको त कुरै छाडौं,' सुरक्षाको वर्तमान स्थितिबारे उनले भने ।
करिब आधा घन्टा जति डा. शाहसँग बिताएर बाहिर निस्कँदा प्रधानमन्त्रीले शोकपुस्तिकामा लेखे, 'वीभत्स र कायरतापर्ूण्ा हत्याको घोर भर्त्सना गर्दछु । एस. जमिम शाहजस्तो व्यक्तिको हत्याबाट सुरक्षा व्यवस्थामा रहेको गम्भीर कमजोरीलाई उजागर गरेको छ । सरकार अपराधी पत्ता लगाउन र कारबाही गर्न कुनै कसर बाँकी नराख्न दृढ संकल्पित छ ।'

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी