२०६६ - फागुन - २८ | 12, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

प्रधानमन्त्रीमाथि आक्रमण प्रकरण एसपी गौतमसँग स्पष्टीकरण माग

टपेन्द्र कार्की/राजधानी
काठमाडौं, २५ माघ
मुलुकको ब्रि्रँदो शान्ति सुरक्षाका लागि चर्को आलोचना खेप्दै आएका गृहमन्त्री भीम रावल र प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले त्यसको दोष र दण्ड आफू मातहतका कर्मचारीलाई दिन थालेका छन् ।
त्यसको पछिल्लो उदाहरण एक महिनाअघि माओवादीद्वारा प्रधानमन्त्री माधवकुमार नेपाललाई कालो झन्डा देखाएको र प्रधानमन्त्रीको गाडीमा ढुंगा प्रहार हुँदा सुरक्षा दिन नसकेको नाममा तत्कालीन चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक -एसपी) विष्णुहरि गौतमलाई दिएको सजायले पुष्टि गर्छ । सोही घटनालाई लिएर यसअघि गृह मन्त्रालयले चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपानेलाई मन्त्रालय फिर्ता बोलाएको थियो ।
राष्ट्रसंघीय विशेष तालिम कार्यक्रमअर्न्तगत कन्टिज्युट कमान्डरका रूपमा चार महिनाका लागि इटाली पुगेका प्रहरी उपरीक्षक गौतमलाई कारबाहीस्वरूप सात दिनमै फिर्ता बोलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको छ ।
प्रधानमन्त्री नेपाल २३ पुसमा चितवन जाँदा सो घटना भएको थियो । सो घटनालगत्तै उनी तालिमका लागि छनोट भई इटाली गएका थिए ।
सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम फिर्ता हुनर्ुपर्ने र नागरिक र्सवाेच्चता कायम हुनर्ुपर्ने माग राखी माओवादीले प्रधानमन्त्री र मन्त्रीहरूलाई कालो झन्डा देखाउने र कार्यक्रम बहिष्कार गर्ने गरेको थियो । प्रधानमन्त्री नेपाललाई माओवादी कार्यकर्ताले विभिन्न जिल्लामा कालो झन्डा देखाउँदै नाराबाजी गरे पनि त्यसैका आधारमा जिल्ला प्रहरी प्रमुखलाई कारबाही गरिएको यो पहिलो हो ।
प्रहरी स्रोतका अनुसार ७ माघमा इटाली गएका गौतमलाई प्रहरी महानिरीक्षक चन्दले चार दिनपछि नै स्वदेश र्फकन दबाब दिएका थिए । उनलाई प्रहरी महानिरीक्षकले 'प्रधानमन्त्री र गृहमन्त्रीको प्रेसर बढयो, तुरुन्त र्फकनूस्' भनेका थिए । महानिरीक्षक चन्दको आदेशपछि प्रहरी उपरीक्षक गौतम १४ माघमा फिर्ता भएका थिए ।
प्रहरी महानिरीक्षक चन्दले उनलाई 'चितवनमा प्रधानमन्त्रीमाथि कसरी ढुंगा प्रहार भयो, त्यसको जवाफ दिनू' भन्दै प्रस्टीकरण सोधेका छन् ।
सो घटनाको विषयमा नारायणी अञ्चलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केशवप्रसाद अधिकारीले लिखित जिम्मेवारी लिएका थिए । त्यस दिन मध्यक्षेत्र प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक नवराज ढकाल, सशस्त्र प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णकुमार तामाङ, सशस्त्रकै वरिष्ठ उपरीक्षक उत्तम फनेत, प्रमुख जिल्ला अधिकारी न्यौपानेलगायतले सुरक्षाव्यवस्थाबारे छलफल गरेका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी