२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

युद्धको त्रासले अफगान हजारौं पलायन

एजेन्सी
लस्कर गाह, २५ माघ
अमेरिकी सेना र तालिबान लडाकूबीचको अवश्यम्भावी भिडन्तको चपेटामा परिने भयले हजारौं अफगान पुरुष, महिला र बालबालिका संसारमै हेरोइनको प्रमुख श्रोत मानिने इलाकाबाट ट्रक, ट्याक्सी, ट्रयाक्टरहरूमा चढेर सोमबार बाहिरिएका छन् ।
हिउँदको चीसोबाट बच्न कम्बलमा गुटमुटिएका परिवारहरूले आफ्ना बाख्रापाठा, फर्निचर र लत्ताकपडा समेत बोकेर हिँडेको प्राप्त समाचारमा उल्लेख छ ।
'आकासमा थुप्रै विमानहरू उडन् र थुप्रै सेना आउने जाने गर्न थालेकाले हामीले सो इलाका छाड्यौं' आफ्ना २५ जना आफन्तसहित दक्षिणी हेल्मण्ड प्रान्तको राजधानी लस्कर गार आईपुगेका शिर अली खानले भने ।
दक्षिणी अफगानिस्तानमा पर्ने हेल्मन्ड नदीको तटमा अवस्थित उर्वर मार्जाह उपत्यकामा बसोबास गर्ने ८० हजार जनताका लागि युद्ध नौलो घटना भने होइन । आठ वर्षेखि तालिबान व्रि्रोहको आधारभूमिको रुपमा रहेको यो ठाउँ संसारमै हेरोइनको मुख्य स्रोत मानिन्छ ।
सेनाले प्रभावकारी कारवाही भनेको अभियान यहाँ हप्तौंदेखि जारी छ । विमान र हेलिकोप्टरहरूले मानिस र बन्दोबस्तीका सामान ओसारिरहेको स्थितिलाई यहाँका बासिन्दाले सम्भावित रक्तपातपर्ूण्ा युद्धको तयारी ठानेका छन् ।
ठूलो संख्यामा सहर वरपर जम्मा भएका छालिबानले पनि क्याम्पमा बसेका विदेशी सैनिकमाथि क्षेप्यास्त्रहरू प्रहार गरिरहेका छन् ।
'केही मानिसले सो इलाका छ महिनाअघि नै छाडे किनभने सैनिक कारवाही जारी छ र तालिबानहरू ज्यादै हिंस्रक छन्' खानले भने 'त्यहाँ अझै पनि थुप्रै मानिस छन् जसको जाने ठाउँ कतै छैन ।'
बर्खे मौसमको मोतीजस्तै खैरो आकासमुनिका राजमार्गमा टाउकामा पगरी गुथेका मानिसहरूले सम्वाददाताहरूसँग अफगान, नेटो र अमेरिकी सेनाले केही दिनभित्रै सुरु हुनसक्ने युद्धको तयारी गरिरहेकोले आफूहरूको ज्यान जाने खतरा बढेको औंल्याए । र्
भर्खरै लस्कर गाह आइपुगेका नाद अलीका बासिन्दा अब्दुल रहमानले भने 'यी कारवाहीहरू हाम्रा लागि नौला घटना होइनन् । नाद अलीमा सैनिक कारवाहीहरू सधैं भरी चलिरहेका छन् ।'
'नाद अलीमा अरु बेलाभन्दा बढी अफगान र विदेशी सेनाको पहलपहल बढेकोले मानिसहरू बढी चिन्तित छन्' उनले थपे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी