२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

रानीमहल सि“गारे सुरक्षाकर्मीले

जनताको सुरक्षामा खट्ने प्रहरी जवान अहिले प्रेमको प्रतीक नेपालको ताजमहल रानीमहल सिँगार्न व्यस्त छन् । अहिले उनीहरूको हातमा बन्दुक छैन, हँसिया र कोदालो समातेर दिनभर सरसफाइ गर्न जुट्ने गरेका छन्, यस भेगका प्रहरी ।
पाल्पाको बौघागुम्बा-४ कालीगण्डकीको किनारमा रहेको रानीमहल दरबारको सुन्दरता थप्न सुरक्षाकर्मीले तत्परता देखाएपछि स्थानीयवासीसमेत दंग छन् । दरबारको संरक्षण र तथा सरसफाइमा सरोकारवाला पक्षले चासो नदिए पनि सुरक्षाको जिम्मा पाएको प्रहरीले भने रानीमहलको जर्ीण्ा अवस्थालाई सुधार गर्ने चासो देखाएको छ ।  
प्रमुख जिल्ल्ाा अधिकारी, प्रहरी नायव उपरीक्षकसहितको एक टोलीले रानीमहल क्षेत्रको सरसफाइ गरेको छ । जर्ीण्ा अवस्थामा रहेको दरबारको सरसफाइ तथा मर्मतसम्भारका लागि जिल्ला प्रहरी कार्यालय पाल्प्ाा र स्थानीय युवा क्लबले चासो देखाएका थिए । प्रहरीको घरदैलो शुभकामना आदान- प्रदान कार्यक्रमअर्न्तगत रानीमहल परिसरको बगैंचा, शिवालय, पानीपोखरी, शिवलिंगमा भान्साघर, घोडा बाँध्ने तबेला र दरबारक्षेत्रको सरसफाइ सम्पन्न भएको छ ।
असल शासन युवा क्लब आलमदेवी स्याङ्जाको समन्वयमा रानीमहल गएर जिल्ला प्रहरी कार्यालयले सरसफाइ कार्यक्रम गरेको छ । रानीमहल दरबारको मूल गेट र पानीको धारा पनि निर्माण गरिएको छ । भत्किएर गएको प्रेमको प्रतीक रानीमहलको सरसफाइ र मर्मत गरेर सकारात्मक संदेश दिनुका साथै स्थानीय बासिन्दा र सरोकारवालाको ध्यान पुर्‍याउन सरसफाइ गरेको प्रहरी नायव उपरीक्षक पवन गिरीले बताए । सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले ऐतिहासिक, धार्मिक पर्यटकीय र पुरातात्त्विक महत्त्वको रानीमहलको अवस्थाले निकै चित्त दुखेको बताए । कार्यक्रममा रानीमहल संरक्षण समितिका अध्यक्ष देवीप्रसाद भट्टर्राईले रानीमहलका संरक्षणका लागि कोष खडा गर्ने सकिएमा त्यसबाट रेखदेख गर्न सकिने बताए । समाज सेवा असल शासन युवा क्लब अध्यक्ष कृष्ण पाण्डे, सचिव मनोज पाण्डेले रानीमहलमा दिनहुँ पर्यटक भित्र्याउनका लागि दैनिक रूपमा पूजा गर्ने पुजारी राखी शिवलिंगको पूजा गर्ने व्यवस्था मिलाउनुका साथै दर्ीघकालीन सोचका साथ बजेट विभाजन गरेमा पाँच वर्षभत्रैमा रानीमहललाई पुरानै अवस्थामा फर्काउन सकिने बताएका छन् ।
रानी तेजकुमारीको मृत्यु भएपछि पागलजस्तै भएका खड्गशमशेरले उनकै सम्झनामा वि.सं. १९५५ मा रानीमहल निर्माण गरेका थिए । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमहलमा २४ वटा कोठा रहेका छन् । यसको मर्मत-सम्भारका लागि यस वर्ष१० लाख रुपैयाँ सरकारी बजेट पनि परेको छ । प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले स्थानीय बासिन्दा र अन्य सरोकारवाला पक्षले साथ दिएमा प्रहरी जवानलाई परिचान गरेर केही दिनमै रानीमहलको रूप परिर्वतन गर्न आफू लाग्ने बताए ।
केही कार्यालय प्रमुखलगायतका पदाधिकारी कार्यक्रममा सहभागी हुन रानीमहल पुगे पनि सरसफाइभन्दा खानपिनको रमाइलोमा भुलेका थिए । यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेनको मुटुको रूपमा परिचित शितलपाटी र एसियाकै सबैभन्दा ठूलो मूल ढोका, प्रसिद्ध भैरवस्थान मन्दिरमा सरसफाइ गरेको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी