© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २५
नेपाली जनताका मित्र, सामन्तवाद र साम्राज्यवादविरोधी आन्दोलनका योद्धा, र्सवहारा, गरिब र निमुख जनताको पक्षमा लडेका, जनतन्त्रका अथक पक्षपाती ज्योति वशुको हालसालै निधन भयो । नेपाली नेताहरू, बुद्धिजीवीहरू र पत्रकारहरूले पनि उहा“को प्रशंसा गरे । तर, ती सतही विश्लेषणमात्र थिए । ज्योति वशु भारतीय स्वतन्त्रता संग्रामका नेता पनि हुनुहुन्थ्यो । सन् १९२० मा एमएन रायको नेतृत्वमा भारतीय कम्युनिष्ट पार्टर्ीीे गठन भएको थियो । तत्कालिन अवस्थामा लेनिनलाई भेटेर दक्षिण एसियामा कम्युनिष्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन चर्काउने भारतीय नेताहरूमा एमएन राय र सुभाषचन्द्र बोस थिए । के कुरा विर्सन हुँदैन भने लेनिनलाई भेट्ने र नेपालको निरंकुशता विरोधी आन्दोलनलाई र्सवप्रथम बकझाङ्गका राजा जयपृथ्वीबहादुर सिंहले अगाडि बढाएका थिए ।
ज्योति वशुले तत्कालिन अवस्थामा एमएन राय र श्रीपाद अमृत डाँगेको बृटिस परस्त नीतिको पार्टर्ीीत्र आलोचना र संर्घष्ा गर्न विटी रणदेव र इएमएनलाई साथ दिनुभएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि डाँगेको दक्षिणपन्थी लाईनले भारतीय कम्युनिष्ट पार्टर्ीीे संगठन फस्टाउन सकेन । चिनिया“ क्रान्तिका विषयमा पार्टर्ीीत्र मतभेद थियो । चिनियाँ क्रान्ति एक किसान क्रान्ति हुने र भारतको अवस्था पनि अर्थ सामन्ती र औपनिवेशिक अवशेष रहेकाले चीनको जस्तै जनवादी क्रान्तिको लाइन लिनर्ुपर्दछ भन्ने विटी रणदेवको लाइनलाई क. वशुले साथ दिएका थिए । यहि लाइनको बीचमा त्रि्र मतभेद भएपछि सन् १९६५ मा भारतीय कम्युनिष्ट पार्टर्ीीmुटचेन र भारतीय कम्युनिष्ट पार्टर्ीीार्क्सवादी बन्यो । त्यसको नेता टिवी रणदिवे र हरिकिसन सिंह सुरजित र ज्योति बसु थिए । क. वशुकै संगठनात्मक क्षमताले बंगलामा मार्क्सवादी कम्युनिष्ट पार्टर्ीीे वचर्स्व रहँदै आयो । उनले पार्टर्ीीोडेपछि दोस्रो पुस्ताले पार्टर्ीीई लोकप्रिय बनाउन सकेको छैन । गत निर्वाचनमा बंगलामा माक्सवादी कम्युनिष्ट पार्टर्ीीार्नुमा नयाँ पुस्ता जिम्मेवार छ । क. वशुले वंगलामा भएको जमिनदारी प्रथा उन्मुनल गर्नुभयो । जसको जोत उसको पोत लागु गर्नुभयो । बेरोजगारी भत्ताको ब्यवस्था गर्नुभयो । मार्क्सवादलाई परिस्थिति अनुसार प्रयोग गर्ने र मार्क्सवाद कुनै युरोपियन बर्ुर्जुवाले भने जस्तो अप्रजातान्त्रिक चीज होइन यसलाई प्रजातान्त्रिक आन्दोलनसँगै जोडेर लानर्ुपर्दछ भन्ने मान्यतालाई व्यवहारमा उतार्नुभयो ।
नेपाली जनताका प्रिय मित्र ज्योति बसु नेपाली र्सवहारावर्गको मुक्ति र जनवादी गणतन्त्र स्थापना गर्न संखघोष गर्ने नेपाली दाशर्निक क. पुष्पलालका अनन्य मित्र थिए । उनले पटकपटक हामीसँग भन्ने गर्थे दक्षिण एसियामा माओले पनि मानेका नेताहरू क. पुष्पलाल भन्ने दृढ मान्यता क. बसुको थियो । ०४६ सालको परिवर्तन पश्चात् उनी क. पुष्पलालको स्मृति दिवस पारेर काठमाडौं आएका थिए । क. पुष्पलालको सम्झनामा ललितपुरको बुँगमतीमा उनले वृक्षारोपण पनि गरे । त्यसबेला क. पुष्पलालका बारेमा उनले भनेका कुरा पुष्पलाल स्मृति अंकमा छापिएका छन् । क. पुष्पलाल पछि उनले मानेका र चिनेका नेपालीमा क. मनमोहन अधिकारी, बलराम उपाध्याय, सहाना प्रधान, लगायत हामीनै हो । ०४७ सालमा माले मार्क्सवादी पार्टर्ीीे एकीकरण र नेपालमा प्रजातान्त्रिक धारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न उनको पर्ूण्ासहयोग थियो । पछि माले/मार्क्सवादी एकीकरण पछि एकीकृत कम्युनिष्ट पार्टर्ीी महासचिव मदन भण्डारी विश्वको कम्युनिष्ट पार्टर्ीीको नीतिका बारेमा विचार गोष्ठीमा कम्युनिष्ट पार्टर्ीीको भूमिकाका बारेमा बोल्दा ज्योति वसु प्रभावित भएका रहेछन् । ०५१ सालमा मनमोहन प्रधानमन्त्री भएपछि पुष्पलाल स्मृति अंक छाप्न यो लेखक कलकत्ता जाँदा उनीसँग अन्तरंग कुराकानी भएका थिए । त्यसबेला पनि नेपाली राजनैतिक दलहरूले विकासको मोडेलमा एकमत हुनैपर्ने र स्वच्छ प्रतिस्पर्धाबाट देश संचालन गर्ने हो भने नेपाल स्विटजरल्याण्ड हुन सक्छ भन्ने कुरा बताएका थिए । सो कुरा मैले क. मनमोहन अधिकारीलाई भनेको थिएँ । तर, उनलाई नौ महिना भन्दा बढी टिक्न दिएनन् ।
यसअघि क. ज्योति वसुसँग राजा महेन्द्रले 'कु' गरेपछि त्यसको विरोधमा लविंग गर्न हामी दिल्लीमा गएका थियौं । उनले नेपालको ०६२-०६३ को आन्दोलनमा पनि महत्वपर्ूण्ा सहयोग गरेका थिए । सतही भन्दा पनि नेपाली र नेपालको मुक्ति र हित चाहने नेपालीका मित्र क. ज्योति वशुलाई हार्दिक श्रद्धाञ्जली र लालसलाम ।
-लेखक पुष्पलाला स्मृति प्रतिष्ठानको उपाध्यक्ष हुन्)
Comments0
Leave Comments