२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

दसौं दिनमा एकैपटक दर्ुइ स्वर्ण्र्ाानोज

 घिमिरे/राजधानी
ढाका, २४ माघ
एघारौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता -साग) सकिन दर्ुइ दिन बाँकी रहँदा उसु र कराँतेमा नेपालले एकै साथ दर्ुइ स्वर्ण्र्ााात पारेको छ ।
प्रतियोगिता सुरु भएको नौ दिन बितिसक्दा पनि केही कांस्य र रजतमा सीमित नेपाली खेलाडीलाई यो जितले उत्साहितसमेत बनाएको छ । प्रतियोगिताको १०औं दिन आइतबार २१ वषर्ीया बिनिता महर्जनले उसुमा नेपाललाई पहिलो स्वर्ण्र्ाादक दिलाएकी हुन् ।
त्यसलगत्तै कराँतेतर्फकुमुतेमा सुनिल लामाले अर्को स्वर्ण्र्ााात पारे । एउटै स्वर्ण्र्ाााउन नसकेपछि निराश नेपालीलाई उत्साहित तुल्याउँदै बिनिताले थाउलोको महिला ताइची स्पर्धामा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण्र्ााजतेकी हुन् । ४४ केजी स्पर्धाको फाइनलमा बिनिताले ८ दशमलव ८५ अंक स्कोर गरिन् भने प्रतिद्वन्द्वी भारतीय खेलाडीलाई ८ दशमलव ५५ स्कोरमा सीमित राखिन् ।
त्यसैगरी, मिरपुरमा भएकोेे फाइनल खेलमा सुनिलले भारतका मनेलाई २-१ ले पराजित गरे  । पहिलो चरणमा बाई पाएका सुनिलले सेमिफाइनलमा बंगलादेशका मोहम्मद समिमलाई हराएका थिए ।
साग खेलमा उसु स्पर्धामा स्वर्ण्र्ााजत्ने बिनिता तेस्रो नेपाली हुन् । १०औं सागमा पहिलोपटक समावेश उसुको सान्सौ स्पर्धामा राजकुमार रसाइली र थाउलुमा बिना खड्काले उपाधि चुमिसकेका छन् ।
११औं सागमा उसुको सान्सौतर्फ६ र थाउलोतर्फपाँच नेपाली खेलाडीको सहभागिता छ । चार वर्षघि उसु खेलजीवन सुरु गरेकी बिनिता काठमाडौं काँडाघारी निवासी हुन् । बिनिताले उसु खेल्न थालेको १० वर्षपुगेको छ । खेलजीवनको एक दशकमा उनको यो व्यक्तिगतरूपमा ठूलो सफलता हो । उुसुमा उनको प्रवेशताका नेपाल दक्षिण एसियाली क्षेत्रमा शक्तिशाली थियो ।
त्यसो त, उनले अन्तर्रर्ााट्रय स्पर्धामा भाग लिएको यो दोस्रो अवसर हो । यसअघि उनले सन् २००८ मा ढाकामै भएको दोस्रो उसु साफ च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् । बंगलादेश बिनिताका लागि भाग्यमानी मुलुक बनेको छ । यो तथ्य स्वीकार गर्दै उनले राजधानीसँग भनिन्, 'यो देश मेरो पक्षमा नतिजा दिने भाग्यमानी ठाउँ बन्यो ।' आफूले प्राप्त गरेको खुसी आफ्ना गुरु, परिवार, साथीभाइ र  सम्पर्ूण्ा मुलुकवासीमा बाँड्न चाहेको बिनिताले बताइन् ।
'ढाका सागमा मैले मुलुकलाई नै पहिलो स्वर्ण्र्ाादँदैछु भन्ने मलाई खेल जित्दासम्म थाहै थिएन,' उनले भनिन् ।
लामो मेहनतको फल ः सुनिल
कुमुतेमा स्वर्ण्र्ाादक जितेपछि सुनिलले त्यसलाई लामो मेहनतको फल भने । 'लामो मेहनतका कारण म यो ठाउँसम्म आइपुगेको हँु,' सुनिलले राजधानीसँग भने, 'यो सफलताको श्रेय गुरु, सहकर्मी र परिवारप्रति समर्पित गर्न चाहन्छु ।'
६ वर्षो उमेरदेखि कराँते खेल्न सुरु गरेका काठमाडौं इचंगुनारायण गाविसका सुनिलको सफलताको यात्रा डोजोस्तरीय प्रतियोगिता हुँदै सागसम्म आइपुगको हो । उनले मलेसियामा भएको एसियालीस्तरको कराँते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।
काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा पहिलोपटक समावेश कराँतेका १६ स्पर्धामध्ये नेपालले १४ स्वर्ण्र्ाादक हात पारेको थियो । सुनिलको स्वर्ण्र्ााागको कराँते स्पर्धामा नेपालले प्राप्त गरेको १८औं हो ।
कुमुतेमा स्वर्ण्र्ाााएकै दिन महिला ५५ केजी तौल समूहमा अनु अधिकारीले रजत पदक जितिन् । फाइनलमा पाकिस्तानकी सरासँग अनु ४-२ ले पराजित हुन पुगिन् । यसअघि सेमिफाइनलमा बंगलादेशकी जउप्रियलाई हराएकी अनुले पहिलो चरणमा भारतकी सावालाई पछि पारेकी थिइन् । पुरुष टिम कातामा भने नेपालले कांस्यमा चित्त बुझाउनुपर्‍यो ।
उसुमा आइतबार नै नेपालले एक रजत थपेको छ । उसुको थाउलोअर्न्तर्गत छयाङछयाङमा विकास गुरुङ स्वर्ण्र्ााट झिनो अंकले पछाडि परे । पहिलो सत्रमा शर्ीष्ास्थानमा रहेका विकास सा“झ दोस्रो स्थानमा रोकिए । सो स्पर्धामा भारतका दिवान सिंहले ९ दशमलव ५५ अंकसहित स्वर्ण्र्ााात पारे । विकासले ८ दशमलव ९५ अंक बनाएका थिए ।
अब उसुमा नेपालको आशा आङबाबु लामा र राजु महर्जनमा केन्द्रित छ । यसअघि उसुको सान्सौमा पुरुषोत्तम रिजाल रजतमा रोकिएका थिए ।
कातामा निराश
कराँतेको कातामा भने नेपालले सबैलाई निराश पार्‍योे । महिलाको व्यक्तिगत कातामा पछिल्लो संस्करणकी रजत पदक विजेता सुभद्रा श्रेष्ठ पदकविहीन भइन् । बाई पाएर सेमिफाइनलमा पुगेकी सुभद्रा पहिलो खेलमा बंगलादेशकी जाउ प्रीसँग ५-० ले पराजित भइन् भने त्यसपछि कांस्य पदकका लागि भएको स्पर्धामा श्रीलंकाकी बत्सोलामदुसानी प्रिया रत्नासँग ४-१ ले हारिन् । सो स्पर्धामा जउ प्रीले स्वर्ण्र्ाादक हात पारिन् ।
पुरुष टिम कातामा नेपाल कांस्य पदकमा सीमित भयो । चार टिमले भाग लिएकालेे टिम कातामा पाकिस्तानसँग हारे पनि कांस्य पाउन सफल बन्यो । सो टोलीमा गणेश थिङ, परशुराम बास्तोला र कुशल श्रेष्ठ थिए । कुशल कुमुते खेलाडी भए पनि खेलाडी अभावका कारण सो स्पर्धामा सहभागी भएका हुन् । महिला टिम कातामा प्रशिक्षक र खेलाडीको असमझदारीका कारण नेपालले भागै लिएन ।
यस्तै, पुरुष व्यक्तिगत कातामा परशुराम पदकविहीन भए । पहिलो चरणमा बंगलादेशका मिर मोहम्मद इक्तकारसँग ४-१ ले हारेका परशुराम त्यसपछि कांस्यका लागि भएको भिडन्तमा पाकिस्तानी खेलाडीसँग ३-२ ले पराजित भए । सो स्पर्धामा श्रीलंकाका एडवार्डले स्वर्ण्र्ााजते ।
कराँतेमा सोमबार विनोद शाक्य, विनोद महर्जन, कुशल श्रेष्ठ र गंगादेवी अधिकारीले प्रतिस्पर्धा गर्ने छन् । कुशल १०औं सागका स्वर्ण्र्ाादक विजेता हुन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी