२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एन्फा-१६ क्वाटरफाइनलमा

भोला श्रेष्ठ/राजधानी
धरान, २४ माघ
अमर डंगोलको गोलको मद्दतले एन्फा-१६ धरानमा भइरहेको १२ औँ 'बुढासुब्बा गोल्डकप फुटबल' प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
एन्फा टोलीले  एएचएम काम्रुज्जामन श्रीती संसद बंगलादेशलाई १-० गोल अन्तरले हराउदै क्वाटरफाइनलमा पुगेको हो । एन्फाको जितमा अमरले खेलको १७औ मिनेटमा गोल गरे । अमरले सुलभ मास्केको हेड पासलाई सदुपयोग गरेका हुन् ।
बंगलादेशकोविरुद्ध एन्फाको संगठित रक्षा पंथी  नै जीतको कारण बन्यो ।  शारिरीक रुपमा बलिया बंगलादेशका खेलाडीले कमजोर एन्फाका युवाबिरुद्ध फाइदा उठाउन सकेनन ।
एन्फाले गोल गर्ने थुप्रै अवसर पाएपनि पनि निणायक गोल भन्दा अर्को गर्न सकेन ।  खेलको ३७ औँ मिनेटमा राम थापाको क्रस पासमा अमर डंगोलले हानेको प्रहार पोष्ट माथिबाट बाहिरीएको थियो । ४९ औँ मिनेटमा रामकै पासमा कुशल श्रेष्ठले पोष्टमा हानेको बल भने बंगलादेशी रक्षक प्रुसज्जामनले रोकेका थिए । नेपाली खेलाडीका अघि बंगलादेशी खेलाडीको पर््रदर्शन फितलो देखिएको थियो । खेलको म्यान अफ द म्याच एन्फाका अमर डंगोल घोषित भए ।
हारपछि बंगलादेशी प्रशिक्षक रियाद महम्मदले बस यात्राको लामो थकान र बातावरणीय असरका कारण हार व्यहोन बाध्य भएको प्रतिक्रिया दिए । साथै उनले  आफ्ना स्ट्राइकरमा फिनिसिङ्गको कमी पनि रहेको बताए ।  हिमालयन शर्ेपा क्लव काठमाण्डौ र युकेएफसि दार्जिलिङ बिच सोमबार खेल हुनेछ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी