२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एक घन्टामा दर्शन गर्ने व्यवस्था मिलाउ“छौं

० यस पटकको महाशिवरात्रिमा साधुसन्त बढी आएका छन् । उनीहरूका लागि कस्तो व्यवस्था गरिएको छ -     
यस वर्षमाघको पहिलो सातादेखि नै साधुसन्त पशुपतिमा आउने क्रम सुरु भएको थियो । अहिले पनि आउने क्रम जारी छ । यति नै संख्यामा आउँछन् भन्ने यकिन त छैन, तर यस वर्षविगतका भन्दा बढी धर्मावलम्बी आएकाले उनीहरूका लागि खाने र बस्ने व्यवस्थामा कुनै कमी हुन दिने
छैनौं  ।
० त्यसो भए त यो वर्ष पशुपति क्षेत्रमा युवायुवतीको भीड बढ्छ र गा“जाको गन्ध पनि मौलाउँछ -
हामी त्यस्तो हुन दिँदैनौं । बाबाहरूलाई पनि गाँजा बिक्रीमा रोक लगाउने प्रयास गर्र्छौं । महाशिवरात्रि सुरु हुनुभन्दा दर्ुइ दिनअघि बुधबारदेखि नै हामी सुरक्षाकर्मी खटाएर गाँजा नियन्त्रण गछौर्ं । त्यसका लागि हामीले सुरक्षाकर्मी परिचलान गरेर गाँजा बिक्रीमा कडाइ गर्र्छौं  ।
० बाबाहरू धेरै आउनुको कारण भारतको हरिद्वारमा जारी १२ बर्सर्ेेकुम्भमेला पनि हो भन्छन् नि -
पक्कै पनि हो । हामीलाई त्यस्तै लागेको छ । हरिद्वारमा जम्मा भएका बाबाहरू महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउनुभएको हो । हामी उहाँहरूलाई गर्नुपर्ने सम्मानहरू पूरा गछौर्ं ।
० विगतमा बाबाहरूलाई बस्ने, खाने र बिदाइसमेत नगरेको भन्ने गुनासो आउने गरेको थियो नि -
बाबाहरू आफूलाई शिवका मित्र ठान्दछन् । हामी शिवका सेवक हौं । त्यसले आफ्ना मित्रलाई भेट्न आएका बाबा हाम्रा पाहुना हुन् । अब हामी आफ्ना पाहुनालाई गर्नुपर्ने सबै सम्मान गरेर पठाउँछौं ।
० यसपालिको शिवरात्रिमा एक हजार रुपैयाँको टिकट व्यवस्था गरेर पशुपतिको दर्शन हुने भयो भन्ने सुन्नमा आएको छ । के मन्दिर दर्शनका लागि पैसा तिर्नुपर्ने भएको हो -
गुनासो आएको छ, तर यो नबुझेर आएको हो भन्ने मलाई लाग्दछ । हामीले पहिलोपटक शिवरात्रिको दिन दर्शनका लागि एक हजार रुपैयाँको टिकट लिएर दर्शनको व्यवस्था गरेका हौं । तर, सबैले पैसा तिरेर दर्शन गर्नुपर्ने होइन ।
विगतमा भीआईपी पास वितरण गरेर दर्शन गरिन्थ्यो । त्यो प्रथालाई हटाएर हतारमा रहेका विशेषगरी विदेशमा रहेका हिन्दू धर्मावलम्बीलाई केन्द्रित गरेर टिकटको व्यवस्था
गरेका हौं ।
० टिकट लिएका व्यक्तिका लागि कसरी दर्शन गर्ने व्यवस्था गर्नुहुन्छ -
उनीहरूका लागि छुट्टै लाइनको व्यवस्था गरिन्छ । त्यो पनि बिहान ४ बजेबाट होइन, १० बजेदेखि ४ बजेसम्म मात्र दर्शन गरिसक्नर्ुपर्छ । मन्दिरभित्र पसेपछि लाइनमा बसेर नै दर्शन गर्नुपर्छ । त्यो कुनै विशेष प्रकारको दर्शन नै होइन । केवल हामीले दर्शनका लागि व्यवस्थित होस् भनेर यसखालको व्यवस्था गरेका हौं ।
० टिकट बिक्री त निकै भयो
होला नि -
विशेषगरी भारत, मलेसिया, अमेरिका र युरोपबाट पनि यसपटक महाशिवरात्रिमा दर्शनका लागि दर्शनार्थीहरूको आउने क्रम जारी छ । त्यसका लागि हामीले एसबीआई र इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरी टिकट लिने व्यवस्था गरेका छौं । हालसम्म एक हजार दर्ुइ सय टिकट बिक्री भएका छन् ।     
० टिकटबाट भएको आम्दानी
केमा खर्च हुन्छ -
त्यो रकमलाई अहिले नै के गर्ने भन्ने टुंगो लागेको छैन । तर, हामी सत्कार्यका लागि खर्च गर्ने योजना बनाउँछौं । टिकट बिक्रीको रकमबाट पशुपतिमा राम्र्रो काम हुन्छ भन्ने हाम्रो प्रतिबद्वता छ ।
० भनेपछि यस वर्षमहाशिवरात्रि पर्वमा पशुपतिमा व्यवस्थित र भक्तजनले भोलेबाबाको दर्शन गर्न कठिनाइ नहुने भयो, होइन -
हामी त्यसका लागि प्रयासमा जुटेका छौं । विभिन्न सामाजिक, धार्मिक संघ/संस्थाले त्यस दिन सेवा गर्ने छन् । भक्तजनलाई, पानी, खाना र स्वास्थ्योपचारको समेत व्यवस्था हुने छ । त्यस दिन महाशिवरात्रिमा आउनेहरूलाई कुनै समस्या नहोस् भनी हामीले प्रयास गरेका छौं ।
० सुरक्षा व्यवस्थाको तयारी
कस्तो छ -
सुरक्षाका लागि कोषका सुरक्षाकर्मी, जनपद, सशस्त्र र स्वयंसेवकहरू समेत खटाएका छौं । मन्दिर दर्शनका लागि आउने महिला दिदीबहिनी र अन्यलाई महँगा गहनाहरू नलगाईकन मन्दिर आउन अनुरोध गरेका छौं ।
सञ्चार माध्यममार्फ मेरो अनुरोध छ, गहना नलगाईकन महाशिवरात्रिका दिन पशुपति दर्शनका लागि आउनुहोला । तर, हामीले २६ माघदेखि पाँच दिनसम्म २४ घन्टे सुरक्षा व्यवस्था गरेका छौं । सुरक्षाकर्मी परिचालनमा कुनै कमी गर्ने छैनौं । भक्तजनहरूसँग पनि अनुरोध छ, सुरक्षाकर्मीले बनाएको नियमलाई सहयोग गरिदिनुहोस् ।
० गत वर्षत मोबाइल चोरी पनि निकै भयो नि -  
मैले पनि थाहा पाएँ, मोबाइल चोरी बढी भयो भन्ने । त्यसैले त्यस दिन आवश्यक छैन भने मोबाइल नबोक्दा पनि हुन्छ । तर, होसियारीका साथ आफ्नो सामानको जिम्मेवारी आफैंले लिँदा राम्रो हुन्छ भन्ने लाग्छ ।
० आमनागरिकलाई दर्शनका लागि  कस्तो व्यवस्था गर्नुभएको छ -
चारवटा लाइनको व्यवस्था गर्दैछौं । लाइन बसेको एक घन्टाभित्र दर्शन गर्ने व्यवस्था गर्र्छौं । त्यस दिन चारैवटा ढोका खुलाउने विषयमा मन्दिरका मूल पुजारी महावलेश्वरज्यूसँग सल्लाह गरेका छौं । यो हाम्रो अनुरोध मात्र हो । त्यस दिन भक्तजनहरूलाई भोलेबाबाको दर्शनमा कुनै समस्या हुँदैन । जुत्ता-चपल राख्ने व्यवस्था गरिसकेका छौं ।
० महाशिवरात्रिको दिन कतिको संख्यामा दर्शनार्थी आउने अनुमान छ, कोषको -
विगतको तुलनामा यस वर्षपाँच लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरेका छौं । गत वर्षपशुपति मन्दिरका पुजारी विवादका कारण कम संख्यामा दर्शनार्थी आएका थिए ।
० महाशिवरात्रिको अवरमा कोषले  मिडिया सेन्टर सञ्चालनमा
ल्याएको छ । यसको आवश्यकता किन ठान्नुभयो -
पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले मिडिया सेन्टर स्थापना गर्नूस् भन्ने सल्लाह दिनुभयो । सञ्चारमाध्यमलाई मिडिया सेन्टरबाट जानकारी लिन सजिलो होस् भनेर सो सेन्टरको स्थापना गरेका हौं । महाशिवरात्रिका बारेमा पाशुपत क्षेत्रमा हुने सम्पर्ूण्ा जानकारी सेन्टरबाट दिने व्यवस्थासमेत मिलाएका छौं ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी