२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

अब 'जिरो साइज'

काठमाडांै/रास- नायिकाको स्लिमबडीको चर्चा हुन थालेपछि अभिनेत्री सौजन्य सुब्बा पनि स्लिम हुने अभियानमा छिन् । 'स्लिम हिरोइनको चर्चा बढी हुन थाल्यो त्यही भएर मैले पनि दुब्लाउने शैली अपनाएकी छु ।' मुस्कुराउँदै भनिन् सौजन्यले । डेढ वर्षभयो उनले व्यायामशाला धाउन थालेको । तर, अझै सोचे जस्तो हुन सकेकी छैनन् । सुटिङले व्यायामलाई नियमितता दिन नसकेको धारणा राख्ने सौजन्यले डेढ वर्षा पाँच किलो वजन घटाइछन् । उनी भन्दै थिइन् 'अहिले त ५० किलोमा झरेकी छु अब ४८ बनाउँछु ।'
नायिकाको ज्यान लोभलाग्दो बनाउनलाई स्लिम भएर मात्रै पनि पुग्दो रहेनछ । 'जिरो साइज' को कुरा गरिन् । पाँच किलो वजन घटाए पनि केही महिना व्यायामशाला धाउन छाडेकी सौजन्यले फेरि सुरु गरेकी छिन् । अबको उनको योजना छ 'जिरो साइज' बनाउने । उनको यो निर्ण्र्ााटुङ्गोमा भने पुगिसकेको छैन । केही शुभ चिन्तकले भनेछन् 'जिरो साइज' बनाउन त्रि्रो उचाइलाई सुहाउँदैन ।'
जे होस्, अझै दर्ुइदेखि तीन केजी घटाउनै पर्छ । त्यसका लागि पर्ूवाभ्यासमा जुटेकी सौजन्यले खानामा पनि केही कम गरेकी छिन् । 'मलाई त भात सार्‍है मीठो लाग्थ्यो तर, अहिले रोटी खान थालेको छु ।' सौजन्यले भनिन् । मासुबिना खाना नरुच्ने सौजन्यलाई यसको मात्रा पनि घटाउनु परेको छ । मासुका प्राय परिकार मन पराउने सौजन्यले चिकेनका 'आइटम' खान थालेको बताइन् । 'मीठो लाग्यो भन्दैमा खान नपाइँदो रहेछ, अहिले त मन पर्ने धेरै परिकार कटौती गरेकी छु ।' उनले भनिन् ।
सिरियलमा काम गर्दा गर्दै सेल्युल्वाइड फिल्ममा काम सुरु गरेकी सौजन्यले पछिल्लो फिल्म 'टक्कर दर्ुइमुटुको' वाट राम्रै जस पाइन् । अब सिरियल र सेल्युल्वाइड दुवै फिल्मलाई बराबरी समय दिने योजना छ, उनको । अन्य नायिकासँग प्रतिस्पर्धा गर्न पनि स्लिम हुने धुनमा लागेको हो - भन्ने प्रश्नमा उनले भनिन् 'अशसँग प्रतिस्पर्धा गर्ने हिसाबले होइन , आफैलाई राम्री बनाआंै भनेर ।'

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी