© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
एजेन्सी
म्युनिख, २३ माघ
इरानी विदेशमन्त्री मनुचेहर मोत्तकीले आणविक कार्यक्रमको मामिलामा इरान अन्तर्रर्ााट्रय समुदायसँग सम्झौतानजिक पुगेको दाबी गरेका छन् ।
'यस मामिलामा हामी सम्झौताबाट धेरै टाढा छैनौं,' जर्मनीको म्युनिखमा आयोजित एक सुरक्षा सम्मेलनमा विदेशमन्त्री मोत्ताकीले भने ।
चीनले पनि यसबारेमा वार्ता महत्त्वपर्ूण्ा मोडमा पुगेको स्वीकारेको छ । आणविक कार्यक्रमलाई निरन्तरता दिएका कारण इरानमाथि लगाइएको अन्तर्रर्ााट्रय प्रतिबन्धको चीनले विरोध गरिरहेको छ ।
तर, अमेरिकी समाचार संस्था एपीबाट प्राप्त समाचारमा भने इरान आफ्नो आणविक कार्यक्रमका बारेमा अन्तर्रर्ााट्रय समुदायसँगको सम्झौताको नजिक रहेको भन्ने इरानी सरकारको भनाइलाई अमेरिकी रक्षामन्त्री रोबर्ट गेट्स्ले अस्वीकार गरेको उल्लेख छ ।
रक्षामन्त्री गेट्स्ले आफूसँग रहेको सूचनालाई आधारमा सम्झौतानजिक पुगेको इरानको दाबीमाथि आफूलाई विश्वास नरहेको बताए । 'यदि इरान गम्भीर छ भने उसले युरानियमको प्रयोगलाई त्याग्न अन्तर्रर्ााट्रय आणविक ऊर्जा निकायसँग सहकार्य गर्नेछ,' उनले भने ।
त्यसैगरी, तेहरानसँगको वार्तामा राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एक जर्मनीका विदेशमन्त्री गुयडो वेस्टरवेल्ले मुत्तकीको अभिव्यक्तिलाई 'कुनै नौलो नभएको' भनी खारेज गरेका छन् ।
'यदि हामीले हिजोभन्दा बढी केही सुनेनौं भने मैलै भन्नर्ैपर्छ यो नयाँ पारदर्शिता होइन,' वेस्टरवेल्लेले भने, 'यसको मतलब यसमा परिवर्तन छ भन्ने होइन, यो परिस्थिति हो र हामीले यसको सामना गर्नुपर्छ'
त्यसैगरी गेट्सले 'अन्तर्रर्ााट्रय समुदायलाई विश्वस्त तुल्याउने उनीहरूले केही गरेको छैन । यो वास्तविकता हो' भने । 'त्यसैले, विभिन्न मुलुकहरूले यो समय फरक नीतिका लागि हो कि भन्ने सोच्नुपर्ने बेला हो,' उनले थपे ।
उता, इरानी विदेशमन्त्री मोत्तकीले भने इरानले कति युरेनियम निर्यात गर्ने हो त्यो इरान आफैले निर्णर्य गर्ने बताएका छन् ।
गत वर्षो अक्टोबरमा विश्वका ६ शक्तिशाली राष्ट्रहरूले इरानको आणविक कार्यक्रमलाई लिएर सम्झौता गर्ने बताएका थिए । ती राष्ट्रहरू इरानले आणविक बम बनाउन सक्ने मात्राको युरानियम प्रयोग नगरोस् भन्ने चाहन्छन् । इरानले भने, 'आफ्नो आणविक कार्यक्रम शान्तिपर्ूण्ा हुने बताइरहेको छ ।'
सम्झौताबारे मोत्तकीले भने, 'मलाई लाग्छ, यो समय हामी त्यो दिशातिर अघि बढिरहेका छौं, जहाँ यो सम्झौता सबै पक्षलाई मान्य हुनेछ । हामीले देखाइदिएका छौं कि इरान यो विषयमा कति गम्भीर छ ।'
आफ्नो कम गुणस्तरको युरेनियम पश्चिममा पठाउने र महिनौंपछि २० प्रतिशतले अभिवृद्धि भएपछि फिर्ता ल्याउने इरानी राष्ट्रपति मोहमद अहमादिनेजादको योजना र्सार्वजनिक भएपछि विदेशमन्त्री मोत्तकीको यस्तो अभिव्यक्ति बाहिर आएको हो ।
यसै साता टर्ुर्किस अधिकारीहरूसँगको भेटमा आफूले इरानबाट हुनसक्ने खतरामाथि जोड दिएको अमेरिकी रक्षामन्त्री गेट्सले बताए ।
Comments0
Leave Comments