© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
सविन प्रियासन/राजधानी
दाङ, २३ माघ
धनौरी निवासी चाँदनीकुमारी बस्नेत यतिबेला पढ्ने इच्छा र्सार्थक बनाउन तल्लीन छिन् । दर्ुइ छोरा र छोरीकी आमा चाँदनी पढ्ने धोको पूरा गर्न यतिबेला एसएलसी दिने तयारी स्वरूप प्राइभेट टेस्ट परीक्षा दिन व्यस्त भएकी हुन् ।
सातवटा परीक्षा दिइसकेकी चाँदनीका छोराछोरी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । छोराछोरीलाई हर्ुकाउने, घरधन्दा गर्ने र घरगृहस्थीमा रमाउनुपर्ने बाध्यता आइलागेपछि केही वर्षेखि अध्ययन गर्न नपाएकी चाँदनीले यस वर्षभने आफ्ना घरगृहस्थीका सबै काम थाती राखेर प्राइभेट एसएलसी दिने सोच बनाएको जानकारी दिइन् । यसका लागि उनले टेस्ट परीक्षासमेत दिनर्ुपर्छ ।
जिल्ला शिक्षा कार्यालय दाङले आठ कक्षा उत्तर्ीण्ा गरेका विद्यार्थीहरू जसले विभिन्न कारणले अध्ययनलाई निरन्तरता दिन पाएका थिएनन्, त्यस्ता विद्यार्थीका लागि लिने गरेको प्राइभेट एसएलसीका लागि लिइने टेस्ट परीक्षामा यस वर्षचाँदनीमात्र होइन, राप्ती अञ्चलकै विभिन्न जिल्लाबाट आएका एक सय १४ जनाले घोराहीस्थित सरस्वती माविमा परीक्षा दिइरहेका छन् ।
सरकारी कार्यालयमा सहयोगी पदमा कार्यरत कर्मचारीदेखि माओवादी लडाकूका कमान्डरसमेत परीक्षामा सहभागी छन् । प्राइभेट एसएलसीका लागि सुरुमा एक सय ७१ जनाले फारम भरेको भए पनि टेस्ट परीक्षाका लागि एक सय १७ जनाले शुल्क बुझाएका थिए । तर, शुल्क बुझाउनेमध्ये तीनजनाले टेस्ट परीक्षा दिएका छैनन् ।
महिला र पुरुषको संख्या लगभग बराबर भएको र परीक्षामा उमेर ढल्केकाहरू समेत सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यस्तो परीक्षा दिनलाई उमेरको हदबन्दी छैन । त्यसैले दाङलगायत राप्ती अञ्चलका विभिन्न जिल्लाबाट घोराहीमा प्राइभेट एसएलसी दिने विद्यार्थीको संख्या यति धेरै पुगेको हो ।
सोभा-३, रुकुमकी पार्वती वली पनि एस वर्षो प्राइभेट टेस्टमा सामेल भएकी छन् । चाँदनी र पार्वती जस्तै घोराही-१०, झिगौराका सोमराज चौधरी, रोल्पा रिबाङका माओवादी लडाकू धर्मबहादुर केसी, जिल्ला वन कार्यलय दाङका वनरक्षक मोतीराम थारुलगायत धेरै विद्यार्थीले यस वर्षो एसएलसी प्राइभेट परीक्षा दिने तयारीस्वरूप प्राइभेट टेस्ट परीक्षा दिइरहेका छन् ।
प्राइभेट एसएलसी दिने व्यवस्था अहिले मुलुकका सबै जिल्लामा लागू गरिएको छ । यस्तो शिक्षा सञ्चालन हुँदा समयमै एसएलसी दिन नपाएर बीचमै पढाइ छाडेकाका लागि बरदान सावित भएको छ ।
सरकारले यस्ता विद्यार्थीका लागि प्राइभेट एलएलसी परीक्षाको व्यवस्था गरे पनि नियमित पढाइ भने सञ्चालन गरेको छैन । स्वअध्ययनबाट विद्यार्थीे परीक्षामा सामेल हुनुपर्ने हुनाले ट्यसन र कोचिङ सेन्टरमा व्यक्तिगत खर्चले सिकेको ज्ञानलाई आधार बनाई विद्यार्थी परीक्षामा सामेल हुँदै आएका छन् । उमेर छँदा पढ्न नपाएका विद्यार्थीका लागि परीक्षाको व्यवस्थाले उच्चशिक्षाबाट वञ्चित विद्यार्थीका लागि एउटा सुनौलो अवसर बनेको छ । परीक्षामात्र नभई नियमित पढाइ सञ्चालन पनि गरिदिए झनै राम्रो हुने विद्यार्थीको भनाइ छ ।
Comments0
Leave Comments