२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सेयर बजार ः आशा र निराशा

लामो समयदेखि सेयर बजारमा सुधार आउन सकेको छैन । करिब डेड वर्षता लगानीकर्ताहरू बजारमा सुधार आउला कि भनेर कुरिरहेका छन् । तर, ठीकविपरीत दिशामा बजार ग्ाइरहेको छ । १५ भदौ २०६५ मा एक हजार एक सय ७५ अंक रहेको नेप्से परिसूचक  माघको तेस्रो सातासम्म आउँदा पाँच सय अंकमा झरेको छ । साधारण तथा नेप्से ३३ प्रतिशत धरासयी हुँदा बजार क्र्यास भयो भन्ने सिद्धान्त छ । तर, अहिले ६० प्रतिशतले बजार खस्केको तथ्यांकले देखाइसकेको छ ।
नेपालको इतिहासमा ठूला-ठूला घटना भए । सेयर बजारमा त्यसको प्रभाव खासै परेन । तर, माओवादी नेतृत्वमा सरकार बनेपछि भने सेयर बजारमा एक किसिमको 'स्लो पोइजन' देखा पर्‍यो । माओवादी व्यवहारले उद्योगपति त्रसित भए । उनीहरूले सेयर बजारको रकम निकाल्न थाले । सोहीकारण ठूलो रकम पलायन भयो, र हुने क्रम अझै जारी छ ।
योभन्दा अगाडि पनि सेयर बजार धरासयी भएको थियो । अहिलेको बजार पनि धरासयी बजार नै हो । २०५७/५८ सेयर बजारका लागि कालरात्री सावित भएकामा अहिले पुनः
अर्को कालरात्री आउने हो कि भन्ने अवस्था देखिएको छ ।
इतिहासलाई सेयर बजारसँग जोडेर हर्ेदा ८ जेठ २०५९ मा पर्ूवराजा ज्ञानेन्द्रले संसद् विघटन गर्दा दर्ुइ सय ४१ अंकमा रहेको नेप्सेमा ५ दशमलव ५७ अंकले मात्र ह्रास आई दर्ुइ सय ३५ दशमलव ८८ अंकमा झरेको थियो ।   
सोही वर्षो १८ असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ताबाट  हटाएर सबै कार्यकारिणी अधिकार राजा ज्ञानेन्द्रले लिएको घोषण गर्दा नेप्सेमा ठूलो गिरावट आउनुपर्नेमा त्यस्को विपरीत शून्य दशमलव १२ अंकले मजबुत भई दर्ुइ सय १८ दशमलव ८८ अंकमा पुगेको थियो । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले 'कु' गर्दा नेप्से शून्य दशमलव १६ लेमात्र घटेर दर्ुइ सय ४७ दशमलव ४१ बाट दर्ुइ सय ४७ दशमलब २५ मै सीमित रह्यो ।  
त्यस्को एक वर्षछि ११ वैशाख २०६३ को मध्यरातमा राजा ज्ञानेन्द्रले विघटित संस्ाद् पुनःस्थापना गरे । यो निर्ण्र्ााो भने नेप्सेमा केही प्रभाव परेको थियो । सो निर्ण्र्ााँगै तीन सय ३१ दशमलव ८८ अंक रहेको परिसूचकमा वृद्धि भई तीन सय ३८ दशमलव ५४ मा पुगेको थियो ।  १५ जेठ २०६५ मा राजतन्त्र अन्त्यको घोषणा भएपछि नेप्से २७ दशमलव ४९ अंकले मात्र बढेर एक हजार ४५ दशमलव ६५ अंकमा पुगेको थियो ।  
देशमा यति धेरै घटना घटे, तर त्यस्ले खासै प्रभाव नपारेको सेयर बजारमा अहिले ६० प्रतिसले नेप्से घटनुले लगानीकर्तामा अन्योलता बढेको छ । डेड वर्षो अवधिमा  सूचीकृत कम्पनीको संख्यामा वृद्धि भए पनि कारोबार बढ्न सकेन । यो अवधिमा ५३ प्रतिशतले सूचीकृत कम्पनीको संख्या बढे पनि कारोबार रकममा भने ४० प्रतिशतले ह्रास आएको स्टकले बताएको छ ।
नेपाल राष्ट्रबैंकले २०६४ माघमा जारी गरेको सेयरमा धितोकर्जासम्बन्धी निर्देशनको प्रभावले बजारलाई नराम्ररी प्रभाव पारेको देखिन्छ । केन्द्रीय बैंकले बजार बदा केही नभनी एकैचोटि नीतिनियममा कर्डाई गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।
सेयर बजार खस्कनुमा मुख्यतया राष्ट्रबैंकले सेयर धितोकर्जा नवीकरणमा रोक लगाउनु, बजार घट्दै गएपछि सेयर धितो कर्जामा मार्जिन कल बढ्नुु, लगानीकर्ताले गलत लगानी रणनीति अवलम्बन गर्नु , कम्पनीको कार्यसम्पादनभन्दा हकप्रद र बोनसमा आधारित हुनुजस्ता कारण रहेका छन् ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर र्सवसाधारणमा परिवर्तन गर्नेबारे नियमनकर्ताबीच मत भेद देखिनु, साना लगानीकर्ताको संख्यामा वृद्धि भए पनि ठूला लगानीकर्ता बजारप्रति आकषिर्त हुन नसक्नु, बरु त्यसमा पनि उनीहरूले लगानी नै झिक्नु अर्को कारण रहेको देखिन्छ ।  
यसैबीच माओवादी नेत्तृत्वको सरकारले अवलम्वन गरेको नीतिलाई एमाले नेत्तृत्वको सरकारले निरन्तरता दिएका कारण पनि बजारमा रहेको अन्योलता कायमै छ । यस्ले लगानीकर्ताबीच डरको भावना वृद्धि गराएको छ । सोहीकारण ठूला लगानीकर्ता सशंकित भएका छन् ।
त्यसमाथि पनि अर्को महत्त्वपर्ूण्ा कुराको रूपमा सरकारले १० लाख वा सोभन्दा माथिको सेयर कारोबारमा आयस्रोत खोज्ने नीति लागू गरेपछि ठूला लगानीकर्ता बजारबाट बिमुख भएका हुन् । अर्थतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गएको समाचार र्सार्वजनिक हुन तथा सरकारको सल्लाहाकारका रूपमा रहेको राष्ट्रबैंकले त्यस्को रोकथाम गर्न सरकारलाई आवश्यक सल्लाह दिन नसक्नुले पनि अन्योलता बढेको हो ।    
यस्तो अवस्थामा लगानीकर्तालाई धर्ैयता अपनाउन सरकारका मातहातको निकायले तुरुन्त काम गर्नुपर्छ । सेयर धितोकर्जा तथा मार्जिन कलसम्बन्धी नीति पुनर्विचार गर्नेतर्फसरकार उदासीन रहनु हुँदैन । त्यस्तो कर्जामा राखिएको सीमालाई तत्कालै संशोधन गर्ने उत्तरदायित्वबाट सरकार पछि हट्न मिल्दैन । र्
कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, विमा संस्थान, विमा कम्पनी, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फन्ड तथा अन्य लगानी गर्ने कम्पनीलाई बजारतर्फआकषिर्त गर्ने वातावरण सरकारले तत्काल सिर्जना गर्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर र्सवसाधारणमा परिवर्तन गर्नेसम्बन्धी अन्योललाई तत्काल हटाउनर्ुपर्छ । यस्ले लगानीकर्ता अन्योलमा परेका छन् । राष्ट्रबैंकले १९ प्रतिशत संस्थापक सेयर साधारण सेयरमा परिणत गर्ने निर्ण्र्ाागरेको छ भने यो निर्ण्र्ाााई बोर्डले रोकेर राखेको छ ।  राष्ट्रबैंकले बिक्री गर्न अनुमति दिएको तर धितोपत्र बोर्डले रोक लगाएको विद्यमान अवस्था कहिलेसम्म र के हुने हो यसमा लगानीकर्तालाई राज्यले प्रस्ट पार्न सकेको छैन । बजार वियरिस टे्रन्डमा गएको बेला सेयर परिमाण बढेमा बजरा खस्कन्छ । त्यस्ौले संस्थापक सेयर संस्थापकै रूपमा बिक्री गर्ने व्यवस्थ्ाा गरे बजारको केही मात्रामा भए पनि सुधार आउने थियो ।
बजारको मूल्यांकन गर्दा अहिले नै आस मारी हाल्नुपर्ने अवस्था भने छैन । सेयरको लगानी बालुवामा पानी भन्ने अवस्था अझैं आएको छैन । किनकि ढिलै भए पनि केन्द्रीय निक्षेप प्रणाली -सीडीएस) आउने निश्चित भएको छ । इन्टरनेट बेसको सीडीएस प्रणाली आउनु भनेको बजारका लागि सकारात्मक पक्ष हो । घरमै बसेर सेयर किनबेच गर्न पाउने व्यवस्थाले बजारमा सुधार ल्याउने निश्चित छ । यो व्यवस्थासँगै अहिले रहेको सबै कागजी झन्झटिला प्रक्रियाको पनि स्वतः अन्त्य भई सेयर किनेकै समयमा नामसारी हुने हुँदा लगानी बढ्ने सम्भावना प्रबल छ ।  त्यसैगरी फागुनदेखि  विराटनगर, बुटवल, नेपालगन्ज्ा, पोखरा र वीरगन्ज्ाबाट स्टक बोक्ररले कारोबार गर्ने हुँदा यस्ले कारोबार रकम बढाउँछ । राजधानी केन्द्रित कारोबार मुलुकबाहिर पुग्नु भनेको कारोबार बढ्नु हो । गैर-आवासीय नेपाली -एनआरएन) लाई पनि पुँजी बजारमा आकषिर्त गर्ने योभन्दा अघि नै स्टक एक्स्चेन्जले बताइसकेको छ । सरकारले पनि एनआरएनले नेपालमा लगानी गर्नसक्ने बताइसकेकाले तत्काल यस्का लागि सरकारले स्पष्ट व्यवस्था गर्नुपर्छ । एनआरएनको लगानी नेपाली पुँजी बजारमा आउनेबित्तिकै अहिलेको बजार दर्ुइ गुणाभन्दा बढी बढ्ने निश्चित प्रायः छ । गैर आवासीय नियमावली अघिल्लो वर्षो चैतमै पारित भइसकेकाले सरकारले यो कार्यमा ढिलाइ गर्न हुँदैन । र्
अर्थमन्त्रालयले लामो समयपछि पुँजी बजारको विकास गर्न लगानीकर्ता, बैंकर, नियमन निकायसँग छलफल सुरु गरेको छ । सरकारले ढिलै भए पनि बजारप्रति गम्भीर हुनुलाई राम्रो थालनी मान्नर्ुपर्छ । सरकारले चाहेमा सेयर बजारमा सुधार ल्याउनसक्छ । यस्का लागि उद्योग कलकारखाना सधैं घाटामा बैंक तथा वित्तीय संस्थामात्र सधैं नाफामा जाने प्रवृतिको अन्त्य गरी अर्थतन्त्रप्रति आम नागरीको विश्वास जागृत गराउनेतर्फसरकारले काम गरोस् । अहिलेको अवस्थामा सरकार, निजी क्षेत्र, साना लगानीकर्ता, नियमक संस्था सबैले बजारको मनोबल बढाउनर्ुपर्छ । पुँजी बजारलाई देशको ऐना मानिन्छ, यस्को वास्तविक विकासले मात्र अर्थतन्त्रको सही तस्बिर दिनसक्छ । जबसम्म देशमा उद्योग सञ्चालन गर्ने वातावरण र रोजगारीको अवसर सिर्जना हुँदैन तबसम्म सेयर बजारमा ओरालो लाग्ने क्रम रोकिन गाह्रै हुन्छ । त्यसैले सरकार र राजनीतिक दलले यो विषयमा चाँडै नै सोचे राम्रो हुने थियो ।  
uddabsilwal@gmail.com

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी