२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

प्रचण्डद्वारा आफ्नै प्रशंसा

काठमाडौं/रास-
माओवादी स्थायी समिति बैठकले पार्टर्ीीध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को खुलेर प्रशंसा गरेको छ ।
गत २४ असारदेखि १७ साउनसम्म बसेको केन्द्रीय समिति बैठकले अध्यक्षात्मक प्रणाली तोड्दै सामूहिक नेतृत्वमा जाने निर्ण्र्ाागरे पनि स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको मात्रै प्रशंसा गरेको छ ।
'पार्टर्ीीे लाइन -विचार, कार्यदिशा, नीति)लाई संश्लेषण र निर्धारण गर्न मूल भूमिका निर्वाह गर्दै सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा अध्यक्ष प्रचण्डले पार्टर्ीी क्रान्तिकारी आन्दोलनको सही एवं कुशल नेतृत्व गर्दै आउनुभएको यथार्थलाई बैठकले पर्ूण्ा गम्भीरताका साथ आत्मसात् गर्‍यो,' प्रचण्डद्वारा जारी विज्ञप्तिमा आफ्नै प्रशंसा गर्दै भनिएको छ, 'बैठकले यसप्रकारको षड्यन्त्रप्रति सचेत रहन सिंगो पार्टर्ीीक्ति र जनसमुदायलाई आग्रह गर्दै अध्यक्ष प्रचण्डको नेतृत्वमा एक ढिक्का भएर क्रान्तिकारी उद्देश्यमा अविचल भएर अघि बढ्ने दृढता प्रकट गरेको छ ।'
जनव्रि्रोहमा जाने वा संविधान निर्माणलाई जोड दिने भन्ने दर्ुइ लाइनबारे माओवादीभित्र भएका विवादलाई सोझै स्वीकार नगरे पनि पार्टर्ीीत्र युद्ध सुरु हुनुभन्दा अघिदेखि हालसम्म विभिन्न प्रवृत्ति रहेको प्रचण्डले स्वीकार गरे । 'जनयुद्ध सुरु हुनुअघि जनयुद्धको बीचमा र अहिले पनि पार्टर्ीीत्र विभिन्न प्रवृत्ति, धार छन्, एउटा जीवन्त पार्टर्ीी यो स्वाभाविक हो,' प्रचण्डले भने । यसअघिका बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उद्घोषण उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले गर्दै आए पनि यसपटक महासचिव रामबहादुर थापा 'बादल'ले गरेका थिए ।
यसैबीच,  भारतसँगको अन्तरविरोधलाई प्रधान अन्तरविरोध र भारतलाई प्रधान दुश्मन किटान गरेर अघि बढ्नुपर्ने आवाज उठिरहे पनि माओवादीले 'साम्राज्यवादी-विस्तारवादी शक्तिहरूसँग नेपाल राष्ट्र र जनताको आधारभूत अन्तरविरोध तीव्र बन्दै जानथालेको' तर 'तत्काल दलाल, नोकरशाही पु“जीपति र सामन्तवर्गसँगको नेपाली जनताको अन्तरविरोध प्रधान बन्न गएको' निचोड निकालेको छ । माओवादीले गत १७ साउनमा सम्पन्न केन्द्रीय समिति बैठकले निकालेको यही निष्कर्षाई पुनः दोहोर्‍याएको अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बताए ।



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी