२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

चीनसँगको व्यापारमा कडाइ गर्ने ओबामाको अभिव्यक्ति

एजेन्सी
वासिंगटन, २१ माघ
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी व्यापारका लागि चीनले आफ्नो बाजार खोल्ने निश्चित गर्न चीनको व्यापार र मुद्रामाथि कडाइ गर्ने बताएका छन् ।
डेमोक्र्याटिक पार्टर्ीी सिनेटरहरूसँगको एक बैठकमा राष्ट्रपति ओबामाले व्यापार सम्झौताअर्न्तर्गत कायम हुने भएकाले चीन र अन्य राष्ट्रमाथि अमेरिकाले दबाब कायम
गरिराख्ने बताए ।
'अमेरिकी डलरको तुलनामा आफ्नो मुद्रालाई कृत्रिम रूपमा अवमूल्यन गरेर अनावश्यक फाइदा नलेओस् भन्नका लागि विदेशी मुद्रा विनिमयमाथि पनि निगरानी गरिनेछ,' उनले भने ।
'हामीले अन्तर्रर्ााट्रय रूपमा सम्बोधन गर्नुपर्ने अर्को विषय भनेको मुद्रा दर हो । हाम्रो उत्पादनको मूल्यमा कृत्रिम रूपमा मुद्रास्पिmति गरिएको छ भने उनीहरूको उत्पादनको मूल्यमा अपस्पिmति गरिएको छ,' उनले थपे ।
केही समययता, अमेरिका र चीनबीच तनाव बढिरहेको छ । ताइबानलाई हतियार बेच्ने अमेरिकी योजना र तिब्बती धार्मिक नेता दलाई लामाको अमेरिका भ्रमणलगायतका विषयलाई लिएर दर्ुइ देशबीच मनमुटाव चलिरहेको छ ।
चीनले भने अमेरिकाको यो कदमविरुद्ध अमेरिकी कम्पनीहरूमाथि चीनमा प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । त्यसपछि बाराक ओबामाले अमेरिकालाई अन्तर्रर्ााट्रय प्रतिस्पर्धाबाट वञ्चित गर्नु एउटा ठूलो भूल साबित हुने चेतावनी दिएका थिए ।
व्यापारिक सम्झौता लागू गराउन चीनमाथि दबाब दिए पनि चीनसँगको सम्बन्धलाई समाप्त गर्ने पक्षमा आफू नरहेको राष्ट्रपति ओबामाले स्पष्ट पारे ।
अमेरिकी राष्ट्रपति ओबामाको यो अभिव्यक्तिप्रति चीनले आपत्ति प्रकट गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता मा जाओजु अमेरिकासँगको व्यापारमा चीनलाई नाफा हुनुको प्रमुख कारण चिनियाँ युआन नभएको जिकिर गरे । तर, चीनले भने यसलाई आफ्नो आन्तरिक मामिला भनेको छ ।
यसअघि, अमेरिकाले सञ्चालन गरेको वेबसाइटमा चीनले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको थियो । लामो समयदेखि चीनले विश्वभर सस्तो निर्यातको लागि आफ्नो मुद्राको कृत्रिम अवमूल्यन गरिरहेको अमेरिकी कम्पनीहरूले गुनासो गरेका छन् ।
तर, प्रवक्ता माले भने चिनियाँ युआन उचित स्तरमा रहेको दाबी गरे । 'यो समयमा...युआन यथोचित र सन्तुलनको नजिक छ,' उनले भने ।
माले चीन-अमेरिकाबीचको व्यापार सम्बन्धको कुनै पनि समस्या वार्तामार्फ सुल्झाउन सकिने बताए ।
'अमेरिका र चीनबीचको व्यापार सहयोग पारस्परिक रूपमा उपलब्धिमूलक हुन्छ,' विदेश प्रवक्ता माले भने ।
'हामीलाई विश्वास छ यस विषयमा अमेरिकाले निःस्वार्थ र यथोचित रूपमा हर्ेर्नेछ र समानान्तर रूपमा वार्ता जारी राख्नेछ ।
आरोप र दबाबले समस्या सुल्झाउन मद्दत गर्दैन,' उनले भने ।
गत डिसेम्बरमा र्सार्वजनिक भएको व्यापार आंकडाअनुसार चीनले जर्मनीलाई उछिन्दै विश्वको पहिलो निर्यातकर्ताको रूपमा आफूलाई उभ्याएको छ ।
सन् २००९ मा चीनले १ दशमलब दर्ुइ टि्रलियन अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो । जर्मनीले १ दशमलब १८ टि्रलियन डलरको निर्यात गर्ने अपेक्षा गरिएको छ ।
व्यापार प्रतिस्पर्धीहरूले चिनियाँ मुद्राको विनिमय दर कम भएको आरोप लगाएका छन् । राष्ट्रपति ओबामाले तिब्बती धार्मिक नेतालाई भेटे बेइजिङ र वासिंगटनबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने माले पनि बताए । सन् १९५०-५१ मा तिब्बत कब्जा गरेको चीनले दलाई लामालाई विखण्डनवादी मान्छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी