२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

समायोजनको जिम्मा संयन्त्रलाई †

राजधानी समाचारदाता
काठमाडौं, २० माघ
सुरक्षा निकायमा समायोजन गरिने माओवादी लडाकूको संख्या तय गर्ने निर्ण्ाायक अख्तियारी प्रमुख तीन दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रलाई दिइने भएको छ ।
माओवादी लडाकू रेखदेख, समायोजन र पुनर्स्थापना विशेष समितिको बुधबार बसेको बैठकले नै सो निर्ण्र्ाालिँदै त्यसबारे संयन्त्रसँग छलफल गर्न डा. रामशरण महतर्,र् इश्वर पोखरेल र जितेन्द्र देवलाई जिम्मेवारी दिइएको हो ।
बैठक सुरु हुनासाथ प्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तुत गरेको समायोजन र पुनर्स्थापना कार्ययोजना अनुसार सुरक्षा निकायमा समायोजन गरिने माओवादी लडाकूको संख्याबारे उच्चस्तरीय संयन्त्रले टुंगो नलगाई छलफल अघि बढ्न नदिने अडान माओवादी सदस्यले लिएका थिए ।   
'प्रधानमन्त्रीले सीधै तीनजनालाई छलफल गर्ने जिम्मेवारी तोक्नुभयो हामीले केही भनेनौं,' बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले राजधानीसँग भने ।
समितिका एक अर्का सदस्यका अनुसार सम्भवतः भोलि -बिहीबार) बस्ने संयन्त्र बैठकमा त्यसबारे छलफल हुनेछ । संयन्त्रको सहमतिपछि शुक्रबार समितिको बैठक बस्नेछ । बुधबारको बैठकमा प्रधानमन्त्रीसहित सत्तासीन अन्य दलका प्रतिनिधिले समायोजन गरिने लडाकूको कुल संख्या एकैपटक तोकेर प्रक्रिया बढाउनुपर्ने प्रस्ताव राखेका थिए । माओवादीले भने तहगत संख्या तोक्नुपर्ने अडान राखे । तहगत नभई कुल संख्या तोकिनुपर्ने शान्ति सम्झौताको मर्म हो,' ती सदस्यले राजधानीसँग भने ।
समायोजन गर्ने लडाकूको संख्या तय नभएका कारण लडाकूको चेन अफ कमान्ड विशेष समिति मातहत ल्याउने तथा लडाकूले पालना गर्नुपर्ने आचारसंहिता निर्माणमा पनि छलफल हुन पाएन । प्रधानमन्त्री नेपालले एक सय १२ दिनभित्र समायोजन र पुनर्स्थापना प्रक्रिया सक्नेगरी समितिमा कार्ययोजना प्रस्तुत गरेका छन् । नयाँ संविधान जारी हुने मितिभन्दा १५ दिनअघि नै समायोजन र पुनर्स्थापना प्रक्रिया टंुग्याउनुपर्ने प्रधानमन्त्रीको कार्ययोजनामा उल्लेख छ । समितिमा सो कार्ययोजना प्रस्तुत भएको महिना पूरा हुन लागेको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी