© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २०
मधुजंग पाण्डे/राजधानी
काठमाडौं, २० माघ
नेपालबाट जापन जाने प्रशिक्षार्थी कामदार अन्यन्त्र मुलुकमा जाने सम्भावना बढ्दो अवस्थामा रहेको छ ।
प्रशिक्षार्थी कोटाबाहेक अन्य तरिकाबाट जापान पुग्नेले बढी पैसा कमाउने भएकाले भाग्नसक्ने सम्भावना रहेको व्यवसायीहरूले बताएका छन् ।
जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया सहज बनाउने उद्देश्यले श्रम तथा यातायात मन्त्रालयद्वारा बुधबार राजधानीमा आयोजित जापान अन्तर्रर्ााट्रय तालिम समन्वय संस्था -जिट्को) मा सूचीकृत एक सय ७१ नेपाली मेनपावर एजेन्सिज एवं नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई विशेष अभिमुखीकरण प्रशिक्षण दिने कार्यक्रममा व्यवसायीहरूले त्यस्तो धारणा राखेका हुन् ।
सो अवसरमा श्रम तथा यातायातमन्त्री मोहम्मद अफ्ताव आलमले जापानबाट र्फकने कामदारले विभिन्न सीप र प्रविधि भित्र्याउने भएकाले मुलुकको औद्योगिक पर््रवर्द्धनमा सहयोग पुग्ने बताए ।
मन्त्री आलमले रोजगारीको प्रक्रियाअर्न्तर्गत जापान पुगेर र्फकने कामदारले विभिन्न सीप र प्रविधि भित्र्याउने भएकाले मुलुकको औद्योगिक पर््रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा लिएको पनि बताए ।
उनले जापान पुगेर र्फकने कामदारले रेमिटयान्समात्र नभएर त्यहाँको प्रविधि र सीपलाई पनि साथै लिएर आउने भएकाले उनीहरूलाई पठाउँदा भाषालगायत सबै कुराको ज्ञान दिलाउन सकिएमा राम्रो हुने बताए ।
प्रशिक्षार्थी कामदारलाई एकै पटक जापान पुगेर काम गर्दा कुनै समस्या आई नपरोस् भन्नाका लागि विशेष अभिमुखीकरण प्रशिक्षणलाई व्यवस्थित र पारदर्शी बनाइन लागेको उनले जानकारी दिए ।
प्रशिक्षार्थी कामदार जापान पठाउने तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले छिट्टै एक सय ८० घन्टाको पाठयक्रम र्सार्नजनिक हुने बताए । प्रशिक्षार्थी कामदारका लागि जापान पुगेर र्फकनेले खाद्यान्न एवं जूस उद्योग, कृषि फार्म, डेरी उद्योग र माछा उत्पादन क्षेत्रमा राम्रो विकास हुनसक्ने सम्भावना रहेको बताए । नेपालस्थित एक सय ७१ वैदेशिक रोजगारीमा संलग्न मेनपावर एजेन्सी र महासंघका प्रतिनिधिलाई विशेष अभिमुखीकरण प्रशिक्षण दिन जिट्कोका वरिष्ठ उपाध्यक्ष केन्सुके सुजुकीसहितको प्रतिनिधिमण्डल गत सोमबार राजधानी आइपुगेका हो ।
श्रम-सचिव बाबुराम आचार्यको सभापतित्वमा सम्पन्न सो तालिममा राष्ट्रिय योजना आयोगका डा. तर्ीथ खनिया, परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टर्राई, नेपालस्थित जापानी राजदूत तात्सुओ मिजुनो, आईएलओ, युनिसेफ र जिट्कोका प्रतिनिधि सहभागी थिए । सो कार्यक्रममा वैदेशिक रोजगार पर््रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले अहिले बोर्ड निर्देशिका तयार पारी पाठयक्रम तयार पार्ने काममा लागेको जानकारी दिए ।
जिट्कोले नेपाली कामदारलाई बढीमात्रामा लैजानका लागि धेरै राम्रो सुझाव दिएको जानकारी गराउँदै उनले हरेक वर्ष५० हजार कामदार जापान पुग्ने गरेकामा ८० प्रतिशत चीनबाट जाने गरेकाले अब सो कामदार नेपालबाट लैजानसक्ने सम्भावना बढेको बताए । उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउने कार्यमा आईएलओले पनि सहयोग गर्ने जानकारी दिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुमुद खनालले प्रशिक्षार्थीले पाउने तलब न्यून रहेकाले यहाँका व्यवसायी एवं सरकारलाई कामदार भाग्नसक्ने सम्भावना नै मुख्य चुनौती भएको बताए ।
Comments0
Leave Comments