© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २०
काठमाडौं/रास- चार वर्षेखि रिक्त नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार पदाधिकारी नियुक्त भएपछि प्रतिष्ठानका रोकिएका सम्पर्ूण्ा काम- कामबाही सुरु हुने आशा गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानले राष्ट्रव्यापीरूपमा आयोजना गर्दै आएको राष्ट्रिय कला पर््रदर्शनी, क्षेत्रीय कला पर््रदर्शनी, कला कार्यशालालगायतका कार्यक्रम रोकिएपछि बर्सर्ेे निकासा हुने बजेटसमेत 'प्रिmज' हु“दै आएको छ ।
प्राज्ञ परिषद् रिक्त भएकै कारण प्रष्ठिानसम्बद्ध कर्मचारी संगठनका कर्मचारी तथा कलाकारले सोमबार मात्रै प्रधानमन्त्री माधवकुमार नेपाललाई गुहार्न पुगेका थिए । उनीहरूले भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, ललितकला र संगीत तथा नाटय क्षेत्रका काम-कारबाही ठप्प भएको जनाउ“दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
प्रधानमन्त्री नेपालले मंगलबार नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा साहित्यकार वैरागी काइँला -तिलविक्रम नेम्वाङ), प्राज्ञ परिषद् सदस्यमा डा. बेञ्जु शर्मा, महादेव अवस्थी, भाउपन्थी, बुँद राना, रामभरोस कापडि 'भ्रमर', डा. सञ्जिता बर्मा र सुलोचना मानन्धरलाई नियुक्त गरेका थिए ।
त्यस्तै, प्राज्ञसभामा प्रा.डा.गोविन्दराज भट्टर्राई, विष्णुविभु घिमिरे, मञ्जु काँचुली, ध्रुव सापकोटा, माया ठकुरी, कृष्णभूषण बल, जगदीश गुरुङ, नर्मदेश्वरी सत्याल, ललिजन रावल, दीपक गौतम, अमर तुम्याहाङ, पुरुषोत्तम सुवेदी, रमेश श्रेष्ठ, उपेन्द्र सहनी, गायत्री विष्ट र इन्द्रबहादुर गुरुङ मनोनित भएका छन् ।
प्रज्ञा प्रतिष्ठानका संरक्षक एवं संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था र संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजाल अध्यक्ष तथा डा. तुलसी भट्टर्राई र तोया गुरुङ सदस्य सम्मिलित समितिको सिफारिसमा नियुक्त गरिएको हो । प्रतिष्ठानको प्रमुख संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ ।
सदस्य नियुक्तिपछि राष्ट्रियस्तरमा बर्सर्ेे आयोजना हु“दै आएको राष्ट्रिय नाटक महोत्सव, क्षेत्रीय नाटक महोत्सव, राष्ट्रिय संगीत महोत्सव, क्षेत्रीय संगीत महोत्सवको तयारीसमेत भइसकेको बताइन्छ । यसका लागि चालु आर्थिक वर्षा लागि स्वीकृत भइसकेको दर्ुइ करोड बजेटसमेत उपयोग हुने देखिएको छ ।
प्राज्ञ परिषद् गठन हुन नसकेकै कारण जापानी सरकारको सहयोगमा प्राप्त करोडौं रुपैयाँ पर्ने प्रतिष्ठानको आधुनिक प्रेससमेत उपयोगमा आउन सकिरहेको थिएन जसका कारण पत्रपत्रिका तथा पुस्तक छपाइ कार्य चार वर्षेखि रोकिएको छ ।
मुलुकका उत्कृष्ट साहित्यिक पत्रिकाहरूको सर्ंवर्द्धन गर्न सरकारले प्रतिष्ठानका नाममा उपलब्ध गराएको रकम सम्बन्धित साहित्यिक पत्रिकाहरूलाई उपलब्ध गराउन नया“ परिषद् सक्रिय हुने आशा गरिएको छ ।
'भाषा, साहित्य, कला र संस्कृति लगायतका क्षेत्रमा कार्यरत विशिष्ट प्रतिभाको उपचार तथा सहयोग गर्न सरकारले प्रज्ञा प्रतिष्ठानलाई उपलब्ध गराएको राष्ट्रिय प्रतिभा उपचार कोषको रकम वितरण गर्नै सकिएको छैन,' कर्मचारी तथा कलाकारद्वारा सोमबार प्रधानमन्त्री नेपालसमक्ष बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
संघका अगुवा सुधीर ढुंगेलले नया“ परिषद्ले रोकिएका सम्पर्ूण्ा काम-कारबाही यथाशक्य थाल्ने बताउ“दै राजधानीस“ग भने, 'हाम्रो माग बेलैमा सुनुवाइ भएकामा हामी खुसी छौं ।' उनले नाटय/संगीत र कला एकेडेमीमा पनि चा“डै पदाधिकारी नियुक्ति गर्न दबाब दिएको बताउ“दै भने, 'यी दर्ुइ प्रतिष्ठानबारे पनि हामीले प्रधानमन्त्रीसमक्ष जानकारी गराएका छौं ।'
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तको भनाइ उद्धृत गर्दै ढुंगेलले थपे, 'दर्ुइ प्रतिष्ठानबारे हामी इच्छुक छौं । तर, संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालबाटै यसबारे चासो देखाएको पाइएको छैन ।'
'प्रतिष्ठानले लामो समयदेखि भाषा, साहित्य, कला, संस्कृति, समाजशास्त्रजस्ता क्षेत्रका कलार्सजक र अन्तर्रर्ााट्रय स्तरमा नेपाल चिनाउने विशिष्ठ स्रष्टालाई दिँदै आएको प्रज्ञा पुरस्कार तथा रकम समयसापेक्ष संशोधन गरी पुरस्कृत गर्न सकिएको छैन,' ज्ञापनपत्रमा भनिएको छ, 'प्रतिष्ठानले आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव, साहित्यिक संगोष्ठी, शब्दकोष निर्माण, खोज-अनुसन्धानजस्ता कार्य पनि हुन सकेका छैनन् ।'
Comments0
Leave Comments