© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १९
काठमाडौं- अभिनेता भुवन केसी र अभिनेत्री ऋचा घिमिरेबीच कलाकारको सम्बन्ध छ । तर, यी दर्ुइलाई अब ससुरा-बुहारीका रूपमा देख्न पाइनेछ । भुवन निर्मित फिल्म 'साथी तिमी मेरो'मा उनको बुहारीको भूमिका ऋचाले निर्वाह गरेकी छन् ।
छोरीबाट उनी गत मँसिरमा मात्र बुहारी भएकी हुन् । एउटा संयोग नै मान्नर्ुपर्छ । वास्तविक जीवनमा बुहारी भएपछिको पहिलो सिनेमामा पनि उनले बुहारीकै भूमिका निर्वाह गर्ने अवसर पाइन् । अभिनेता सुनिलदत्त पाण्डेकी पत्नी बनेकी छन् उनी यस सिनेमामा ।
विवाहअघि यी अभिनेत्रीले फिल्म 'देशदेखि विदेश'मा बुहारीको भूमिका निर्वाह गरेकी थिइन् । ऋचाको भनाइमा त्यतिबेला उनलाई बुहारीको अनुभव थिएन, 'आफ्नै भाउजूलाई केही दिनसम्म नियालें । उहाँले घरमा बुहारीका रूपमा निर्वाह गर्नुभएको जिम्मेवारीलाई राम्ररी अवलोकन गरेपछि सो चलचित्रमा बुहारीका भूमिका सम्पन्न गर्न सकें,' ऋचाले भनिन् ।
तर, यसपटक उनलाई सिनेमामा बुहारी बन्न गाह्रो परेन । 'विवाह गरेको यो तीन महिनामा बुहारीको अनुभव धेरै सँगालिसकेकी छु । त्यसैले, आजकाल सिनेमामा बुहारी बन्न आफ्नै अनुभवले सघाउन थालेको छ,' ऋचाले भनिन् ।
सिनेमामा पर्ूण्ा बुहारी बने पनि परिवारमा आफू अझै पर्ूण्ा बुहारी हुन नसकेको ठम्याइ यी अभिनेत्रीको छ । सोबारे प्रकाश पार्दै उनले भनिन्, 'विवाहपछि जम्मा दर्ुइ दिन सासू-ससुरासँग बस्न पाएँं, यति छोटो अवधिमा कसरी बुहार्तनको महसुस हुन्छ र †' ऋचाका सासु-ससुरा चितवनमा बस्छन् । उनी भने पति शंकर घिमिरेसँग काठमाडौंमा बस्छिन् । बुहारीभन्दा पनि एउटा पत्नीको दायित्वबारे भने आफू परिपक्व भइसकेको उनले बताइन् ।
विवाहपछि सासू-ससुरालाई रिझाउनु नपरे पनि पतिलाई भने रिझाउनुपरेको अनुभव यी अभिनेत्रीले सुनाइन् । अरूले जस्तो बुहार्तन आफूले खेप्नुनपरे पनि छोरी हुनुभन्दा धेरै बुहारी हुनु धेरै गुना गाह्रो भएको उनले यसरी प्रस्ट्याइन्, 'विवाहअघि मलाई घरमा कसैको रोकतोक थिएन भने भाउजूले बन्धनको महसुस गर्नुहुन्थ्यो, अहिले श्रीमान्बाट कुनै किसिमका बन्देज खेप्नु नपरे पनि बुहारीपनालाई एक किसिमको बन्धन महसुस गरिरहेकी छु ।'
चितवनमा दर्ुइ दिन सासू-ससुरासँग बस्दाको अनुभवबारे ऋचाले भनिन्, 'काठमाडौंमा टीर्-र्सट र पाइन्ट लगाएर घरमा बसे पनि चितवनमा भने उहाँहरूसँग सारीको घुम्टोमा बसें, खाना पकाउन नजाने पनि पस्केर खुवाउने काममा सासूआमालाई सघाएँ ।' छोरी मात्र हुँदा घरमा जतिबेला उठे पनि फरक पर्दैनथ्यो, तर बुहारी भएपछि बिहान सबेरै उठेर पारिवारिक हेरचाहमा जुट्नुपरेको पनि ऋचाले बताइन् ।
बुहारी भएपछिको भूमिकाबारे उनले अगाडि थपिन्, 'विवाहअघि जहाँ जानु परे पनि आमालाई भनेर घरबाट फुत्त हिँड्न सकिन्थ्यो, तर बुहारी भएपछि घरको तालाचाबी बलियो पारेर बल्ल बाहिर निस्कनर्ुपर्छ ।' विवाहपछि आफैं घरकी मूली भएकाले बाहिर अबेरसम्म बस्दा चाँडै घर पुग्न पाए हुन्थ्यो झैं लाग्ने गरेको तथ्य पनि उनले सुनाइन् ।
विवाहपछि पनि ऋचा भान्सामा बस्दिनन् । कारणबारे उनले भनिन्,' मलाई मीठो खाना बनाउन आउँदैन, त्यसैले बिहानको खाना भान्सेदिदीले बनाउनुहुन्छ भने बेलुकाको खाना बनाउन श्रीमान् शंकर घिमिरे नै भान्सामा बस्नुहुन्छ ।' अरूलाई नमीठो लागे पनि आफूले पकाएको खाना भने ऋचालाई ठीकै लाग्दो रहेछ । विवाहपछि पहिलो दिन खाना पकाएको अनुभव सुनाउँदै उनले भनिन्, 'विवाह भएर घर आएपछि पहिलो दिनमै मैले तरकारी डढाएँ, डढेको तरकारी डस्टबिनमा
खन्याएँ, तिमीलाई खाना पकाउन नआउने रहेछ भन्दै श्रीमान्ले नै अर्को तरकारी पकाउनुभयो ।' लामो सयमदेखि आफैंले खाना पकाएर खाने गरेकाले श्रीमान शंकर घिमिरे भने मिठो
खाना बनाउन सिपालु भएको उनले रहस्योघाटन गरिन् । आजकाल भने पतिसँग उनले खाना बनाउन सिक्न थालेकी छन् ।
मीठो खाना बनाउन नआउने भएकै कारण भन्सामा बस्नुभन्दा घरको सरसफाइ गर्न उनी जाँगर चलाउँछिन् । 'श्रीमान् भान्सामा खाना पकाउन व्यस्त रहँदा म भने सरसफाइ र घर सजाउने काममा जुट्छु ।' ऋचाले भनिन्, 'माइतमा हुँदा कहिल्यै पनि खाना बनाइनँ, त्यसैले आजकाल मलाई खाना बनाउन गाह्रो परेको हो ।' विवाहपछि घरमा हरेक काम गर्नुपर्ने भएकाले नै विवाहअघि आफ्ना छोरीहरूलाई हरेक आमाले खाना बनाउने तथा सबै घरायसी काम सिकाउने गरेको तथ्य बल्ल यतिबेला आफूले बुझेको उनको भनाइ छ ।
यस्ता थुप्रै भोगाइले अबका दिनमा सिनेमामा पत्नी र बुहारीको भूमिकामा आफूलाई निकै सघाउ पुग्ने अभिनेत्री ऋचा घिमिरेले जानकारी गराइन् ।
Comments0
Leave Comments