२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

बास्केटबल टोली सेमीमा

ढाका/रास- नेपाली बास्केटबल टोली ११आंै सागको सेमिफाइनलमा पुगेको छ ।  आयोजक राष्ट्र बंगलादेशले मंगलबार सम्पन्न खेलमा माल्दिभ्सलाई ७२-५९ स्कोरले पराजित गरेपछि समान तीन अंक बटुल्दै बंगलादेश र नेपाल सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
भलिबल
भलिबलमा पनि नेपालले मंगलबार पहिलो जित हात पारेको छ । नेपालले मिरपुरस्थित रंगशालामा सम्पन्न खेलमा बंगलादेलाई १२-२५, २५-२२, २२-२५, २५-२२, १५-१२ ले पराजित गरेको हो ।
भारोत्तलनमा निरासा
ढाका सागबाट नेपाली भारत्तोलन रित्तो हात घर र्फकने भएको छ । दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपाली भारत्तोलन पदकविहीन हुँदै घर र्फकन लागेको यो पहिलोपटक हो ।
भारोत्तोलनमा नेपालले अहिलेसम्मका साग खेलमा सबैभन्दा धेरै पदक जितेको थियो । भारत्तोलनको अन्तिम दिन मंगलबार पदकको आशा गरिएका गोपालबहादुर श्रेष्ठले पनि निरास नजिता दिए । एक सय पाँच केजीमाथिको तौल समूहमा गोपाल चौथो स्थानमा रोकिए । गोपालले स्न्याचमा एक सय १२ र क्लिन एन्ड जर्कमा एक सय ५२ केजी गरी कुल दर्ुइ सय ७४ केजीमात्र उठाउन सके ।
स्न्याचमा एक सय १७ र क्लिन एन्ड जर्कमा एक सय ६२ केजी उठाउने गोपालको प्रयास दुवैपटक असफल भएको थियो । उनको समूहमा भारतका एस सन्दिरले कुल तीन सय ३५ केजी उठाउँदै स्वर्ण्र्ाादक जिते ।
मंगलबार नै भएको एक सय पाँच केजीमुनिको तौल समूहमा पुन्तिलाल यादव पनि पदकविहीन बने ।  यादवले स्न्याचमा एक सय २१ र क्लिन एन्ड जर्कमा एक सय ५६ केजीसहित कुल दर्ुइ सय ७७ केजी उठाउँदै चौथो भए । यादवको समूहमा भारतकै रवाले कुल तीन सय २७ केजी तौल उठाउँदै स्वर्ण्र्ााजतेका थिए ।
भारत्तोलनमा नेपालका ६ लिफ्टरले भाग लिएका थिए । जसमा कमलबहादुर अघिकारी र गोपाल श्रेष्ठबाट पदकको अपेक्षा गरिएको थियो । कलम तीनजनामा पनि वासआउट हुँदै पदकविहीन बनेका थिए । सागमा भारत्तोलन पदकविहीन भएको यो पहिलो अवसर हो ।
ढाकामै सम्पन्न छैटौं सागमा भारत्तोलन खेल समावेस नै गरिएको थिएन । त्यसबाहेक सबै सागमा पदक जितेको थियो । भारत्तोलन सागमा अहिलेसम्म सबैभन्दा घेरै पदक जित्ने खेल हो । पाकिस्तानमा सम्पन्न नवौं सागमा पदक विजेता खेलाडी डोपिङमा परेका कारण घर फर्किएर पनि नेपालले पदक पाएको थियो ।
ब्याडमिन्टनमा हार
ब्याडमिन्टनमा नेपाली खेलाडीले मंगलबार कमजोर पर््रदर्शन गरेका छन् । पराजयको सामना गरेका छन् । मिश्रति युगलमा बंगलादेशका साख्ता अख्तर र रासेल कबिरले नेपालका सारादेवी तामाङ र विकास श्रेष्ठको जोडीलाई २१-१६,२१-१६ ले पराजित गर्‍यो ।
उपाधिको दाबेदार मानिएको अर्पना बलान र सान्भे थोमसको भारतीय जोडीले नेपालका रत्नजित तामाङ र पुजा श्रेष्ठकेा जोडीलाई २१-४, २१-४ ले पराजित गर्‍यो ।  पुरुष एकलमा बंगलादेशका रइस उदिनले रत्न जित तामाङलाई २१-७, १६-२१, २१-१६ ले हराए । पाकिस्तानका अस्मान कमारले नेपालका विकास श्रेष्ठलाई २१-१४, २१-११ ले पराजित गरे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी