२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

पढाइ नेपालको, प्रमाणपत्र भारतको

राजधानी संवाददाता
बागलुङ, १९ माघ
१० वर्षेखि सञ्चालित पर्वतको एक संस्कृत पाठशालाका विद्यार्थीले मावि तहको पढाइ सकेपछि भारतको बनारस पुगेर शैक्षिक योग्यताको प्रमाणपत्र लिने गरेका छन् ।
सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर वेदवेदांक पाठशाला -गुरुकुल) का विद्यार्थीले यस्तै समस्या भोगिरहेका हुन् ।
सम्पूर्ण्ाानन्द संस्कृत विश्वविद्यालयअर्न्तर्गत सञ्चालित सो विद्यालयमा आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयबाट प्रमाणपत्र प्रदान गर्न नसकिएको विद्यालयका शिक्षक पद्माराम उपाध्यायले बताए ।
'विद्यालयमा यतिबेला संस्कृत विषयमात्र अध्यापन गराइएको र अन्य विषयहरू अध्यापन गराउन नसक्दा प्रमाणपत्र लिन बनारस पुग्नुपरेको हो,' उनले भने ।
विद्यालयमा झापा, काभ्रेपलाञ्चोक, रौतहट, स्याङ्जालगायत धौलागिरि अञ्चलका आठदेखि २० वर्षम्मका २५ विद्यार्थी अध्ययनरत छन् ।
उनीहरूले तीन वर्षम्मको अध्ययनपछि भारतको बनारसस्थित सम्पूर्ण्ाानन्द विश्वविद्यालयमा पुगेर एसएलसी परीक्षामा सहभागी भएपछि मात्रै प्रमाणपत्र पाउने गरेका छन् ।
विद्यालयमा अध्ययन गरेकामध्ये हालसम्म एक सयभन्दा बढी विद्यार्थीहरूले बनारसमै पुगेर प्रमाणपत्र लिइसकेको शिक्षक उपाध्यायले जानकारी दिए ।
नागा विश्व गिरी र पशुपति गिरीले विद्यालय सञ्चालनका लागि सहयोग गरेका छन् ।
भारतमा बस्दै आएका उनीहरूले विद्यालय स्थापना भइसकेपछि सञ्चालनका लागि समितिले जिम्मा लिनुपर्ने बताएका छन् ।
सञ्चालक समितिले आर्थिक स्रोत जुटाएर सम्पर्ूण्ा विषयहरू अध्यापन गराउन सकेमा विद्यालयबाटै प्रमाणपत्र दिन सकिने शिक्षक उपाध्यायले बताए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये धेरैजसो सामान्य परिवारका विद्यार्थी रहेका कारण उनीहरूको आवास तथा खाद्यान्नमा समेत सञ्चालक समितिले जिम्मा लिनुपर्ने अवस्था रहेको शिक्षक उपाध्यायले जानकारी दिए ।



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी